बलिउडकी सोनाक्षी गायिका बन्दै हलिउड तिर



sonakshi-sinha

[dropcap][/dropcap]लिउड नायिका सोनाक्षी सिन्हा हलिउड फिल्म ‘रियो २’ मा देखिने भएकी छिन् । उनले उक्त फिल्ममा एउटा गीत गाउनका साथै केहि संवाद पनि बोलेकी छिन् । उनको आवाज रहेको यो फिल्म भने अप्रीलमा रिलिज हुनेछ । उक्त फिल्ममा नायिका सोनाक्षीले हिन्दी भाषामा गीत गुनगुनाएकी छिन् । त्यही फिल्ममा उनले जेवेल नाम गरेकी युवतिको भूमिका निर्वाह गरेकी छिन् ।

उक्त फिल्ममा नायक इमरान खानको पनि भूमिका रहेको छ । यस फिल्ममा नायिका सोनाक्षी एउटा पार्टीको दृश्यमा देखिने भएकी छिन् । सोहि पार्टीमा उनले गीत पनि गाएकी छिन् । ‘रियो -२’ फिल्मको डबिंग गर्दा निकै नै मजा भएको र उक्त फिल्ममा उनको जेवेल र इमरानको ब्लू नामको भूमिका ज्यादै सुहाएको उनको भनाई छ ।

सोनाक्षी भन्छिन्, ‘फिल्मको एउटा दृश्यमा जेवेल नाच्दै गीत गाउदै हुन्छे तेतिबेला मैले पनि सानो गीत गाएको छु । यो मेरो लागि एकदमै नयाँ अनुभव थियो ।त्यतिबेला मलाई गीत गाउन सारै मजा भएको थियो तर दुर्भाग्य यो छ की मा राम्रो गायिका भने हैन’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu