हुने भो रेडपाण्डाको भ्यालेण्टाईन




barsha-singhठुलोपर्दा डटकम, काठमाण्डौ।
रेडपाण्डा डान्स मुभिजको व्यानरमा ’14 Feb’ नामक नयाँ नेपाली चलचित्र निर्माण हुने भएको छ । साबित्री खत्री निर्माता रहने यो चलचित्र केही दिन भित्रमा नै छायांकनमा जाने बताईएको छ ।

शंकर अधिकारी ‘घायल’को लेखनमा तयार हुन लागेको चलचित्र ’14 Feb’ मा मिलन सिजापती, बर्षा राउत, पुश्कर राउत लगायतका कलाकारहरुले अभिनय गर्ने छन् । यो बिसुद्ध प्रेमकथामा आधारित रहि निर्माण गर्न लागिएको चलचित्र हो । चलचित्रले १४ फेब्रुअरीमा मनाईने प्रणय दिवश (भ्यालेन्टाईन डे) का दिन कुनै एक प्रेमिकाले आफुले चाहेको प्रेमीलाई प्राप्त गर्नको लागी गर्ने समर्पणलाई उठान गर्ने निर्माण युनिटले बताएको छ । चलचित्रमा सो प्रक्रिया चल्दै गर्दा कुनै एक घटना घट्छ र सो घटना पश्चात कथा अन्त्य हुनेछ ।

’14 Feb’ लाई कस्ले निर्देशन गर्नेछन् भन्ने भने अझै टुङ्गो लागिसकेको छैन ।
(तस्विर सौजन्य: प्रदिपराज वन्त, सिजन मिडिया)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu