नेपाली चलचित्रमा फुटबल आउदै, ‘वर्ल्डकप इन नेपाल’को प्रोमो रिलिज



world-cup-in-nepalठुलोपर्दा डटकम, काठमाण्डौ। नेपाली चलचित्रको कथामा फुटबल पनि परेको छ। मंसिरमा रिलिज हुने चलचित्र ‘वर्ल्डकप इन नेपाल’ले नेपाली फुटबललाई मूख्य बिषय बनाएर दर्शकमाझ आउँदैछ।

आइतवार ठुलोपर्दा डटकमले यो चलचित्रको प्रथम प्रोमो सार्वजनिक गरेको छ। प्रकाश थापाले बनाएको यो चलचित्र भारत, जर्मनी र इजरायलमा भएका बिभिन्न महोत्सवहरुमा सहभागिता जनाईसकेको छ। चलचित्रमा गोरखाको बरपाकमा खिचिएका दृश्य समावेश छन्।

बच्चाको फुटबल खेल्ने रहर र कलालाई अभिभावकले कसरी निरुत्साहित पारेका छन् बच्चाले कसरी चाहना पुरा गर्छन् भन्ने बिषय ‘वर्ल्ड कप ईन नेपाल’मा छ। फुटबल लगायत कुनै पनि खेलको दक्ष खेलाडी उत्पादन गर्न सानै उमेरदेखि खेल क्षेत्रमा लाग्ने वातावरण बनाउनुपर्ने भन्दै बालबालिकालाई अभिभावकले खेलेको देख्दैमा जतिखेर पनि पढ्नै पर्छ भनेर दबाब दिने गरेको तितो यथार्थतालाई चलचित्रको कथावस्तु बनाएको निर्माता प्रकाश थापाले बताए।

नेपाली फुटबल खेलको विकास गर्दै विश्वकप प्रतियोगितामा सहभागी हुनसक्ने नेपाली खेलाडी उत्पादन गर्नुपर्ने उद्देश्यले नेचुरल मुभि मेकर्स प्रालिको ब्यानरमा ‘वर्ल्डकप इन नेपाल’ नामक चलचित्र निर्माण गरेको हो। यो चलचित्रले विकास बोर्डबाट बिशेष चलचित्रको अवार्ड पाएको छ । यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन् भने राजु भण्डारी सह-निर्देशक तथा सम्पादक हुन्।

जुगल डंगोलको संगीत तथा प्रकाश थापाको प्रस्तुतीमा राम तामाङ् निर्माता रहेको यस चलचित्रका सहनिर्माता बिदुर बिष्ट र सुर्य सिम्खडा हुन्। ‘वर्ल्डकप इन नेपाल’मा सोनु केसी, शर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, गिरी प्रसाद पुन, गोपाल अर्याल, उमेश थापा लगाएत एन्फा अण्डर १९ का खेलाडीहरुको अभिनय रहेको छ।
प्रोमो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu