आर्यन सिग्देल र पुजा शर्माको दिलले के आँट्यो ? (भिडियो हेर्नुहोस्)



aaryan-&-poojaठुलोपर्दा डटकम, काठमाण्डौ। चलचित्र लोकप्रिय बन्नको लागि समावेश गीत-संगीतको पनि महत्वपुर्ण हात रहन्छ । यसअघी प्रदर्शनमा आएका धेरै नेपाली चलचित्र गीतकै कारण हिट भएका उदाहरण छन् ।

कार्तिक ८ गते रिलिज मिति तोकिएको नेपाली चलचित्र ‘मधुमास’मा समावेश ‘आँटि सक्यो दिलले दिलसँग नाता गाँस्न’ बोलको गीतले पनि बजार तताउनेमा निर्माण युनिटले ठुलो आशा राखेको छ । यसो त ‘मधुमास’ गीतकारले बनाएको चलचित्र हो । अझै पनि कालजयी रहेको ‘चट्ट रुमाल क्या मालुम कोटको खल्तीमा’ जस्ता गीतका रचनाकार बाबुराम दाहालले यो चलचित्र बनाएका हुन् । यसर्थ पनि संगीतलाई प्राथमिकता दिईनु स्वभाविक छ ।

प्रस्तुत गीतमा कुमार बिबाहितका शब्दमा सुरेश अधिकारीको संगीत तथा अञ्जु पन्त र दिपक लिम्बुको स्वर रहेको छ । यस गीतमा शिवांगिनी भने देखिएकी छैनिन्। गीतलाई पाल्पाको रानी महलमा छायांकन गरिएको छ । मोबाईलमा कलब्याक टोनको लागी NTC:0170011975 NCell: 60312389 र UTL: 7245743 नंबर रहेका छन् ।

केहि दिन अगाडी मात्र निर्माता दाहालले युट्युवमा अपलोड गरेको यो गीतलाई थुप्रै दर्शकले मनमा राखिसकेका छन् । यसअघि कार्तिक १५ गते रिलिज हुने मिति तोकिएको भएपनि वलिउड चलचित्र ‘क्रिस ३’ प्रदर्शनमा आउने भए पछि ‘मधुमास’ एकहप्ता अगाडी नै सारिएको छ ।

सुदर्शन थापा निर्देशित चलचित्रमा नायक आर्यन सिग्देलले नायिका द्वय पूजा शर्मा र सिवाङ्गिनी राणासंग अन-स्क्रिन रोमान्स गरेका छन् । फ्राईडे फिल्मसको दोश्रो प्रस्तुतीमा ‘मधुमास’ बनेको हो ।
भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu