सुगमको ‘सुगम सङ्गीत’ बजारमा आयो



sugam-songeet1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सांगीतिक कार्यक्रमको क्रममा हाल अष्ट्रेलियामा रहेका लोकप्रिय गायक सुगम पोखरेलको नयाँ एकल गीति एल्बम ‘सुगम सङगीत’ (Sugam SongGeet) बजारमा आएको छ । यसअघि शून्य, हाइवे, सुत्र, स्कूल पाठशाला आदि एकल एल्बम बजारमा ल्याइसकेका सुगमको यो एल्बम यसै सातादेखि बजारमा उपलब्ध भएको स्टेरियो रेकर्ड्सले जनाएको छ ।

करिव ६ वर्षपछि बजारमा आएको सुगमको यो आधुनिक तथा पप गीतहरुको एल्बमलाई स्टेरियो रेकर्ड्सले बजारमा ल्याएको हो । एल्बमका गीतहरु विजय सुब्बा, घमराज लुईँटेल, बेनी माधव भट्टराई, भार्गव सुबेदी, भूपेन्द्र खड्का, चट्याङ मास्टर, जिएम प्रधान तथा सुगम पोखरेलले रचना गरेका छन् । एल्बमका अधिकांश गीतका संगीतकार पनि गायक सुगम पोखरेल नै हुन् भने एउटा गीतमा मोहित मुनालको संगीत निर्देशन छ । एल्बमका गीतहरुमा सैलेन्द्र प्रधान, विवश पौडेल, सुजिल कर्माचार्य, मोहित मुनाल र रोबिन दर्शनधारीको संगीत संयोजन छ ।

नेपालमा यो एल्बमको मूल्य २ सय २५ रुपैयाँ राखिएको छ । असोजको पहिलो सातादेखि यो एल्बम काठमाडौंका अधिकांश सपिङ कम्प्लेक्सहरु साथै म्युजिक स्टोर, अनलाईन तथा आईट्यून्समा समेत एल्बम उपलब्ध हुनेछ ।

पप तथा आधुनिक शैलीका गीतहरु समावेश गरिएको यो एल्बमका दुई वटा गीतका म्युजिक भिडियोहरु पनि निर्माण गरिएका छन् । एल्बमको ‘एउटै घाम…’ गीतको म्युजिक भिडियो विशाल भण्डारीले निर्देशन गरेका छन्, जुन विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भैरहेको छ । एल्बमको दोस्रो गीत ‘मेरो जीवन…’ को म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । ‘मेरो जीवन…’ गीतमा गायक पोखरेलका दाजु सुनिल पोखरेलले अभिनय गरेका छन् । यो भिडियो पि्रमियरको तयारीमा छ । तेश्रो म्युजिक भिडियो अष्टे्रलियामा निर्माण गरिएको छ भने चौथो गीत ‘कहिले काहिँ…’ को म्युजिक भिडियो केही सातापछि काठमाडौंमा गरिनेछ ।

अष्ट्रेलियाको सफल सांगीतिक भ्रमणपछि काठमाडौं फर्किने तयारीमा रहेका गायक सुगम पोखरेलले आफ्नो यो एल्बम अष्ट्रेलियाको बजारमा समेत उपलब्ध हुने जानकारी गराएका छन् । अष्टे्रलियामा यो एल्बमलाई न्यूएज म्युजिकले बजार व्यवस्थापन गर्नेछ । अष्ट्रेलियामा एल्बम विक्रि भएको रकमको केही प्रतिशत रकम काठमाडौंस्थित नरात्भ फाउन्डेसन नेपाललाई प्रदान गरिनेछ भने केही प्रतिशत रकम अष्माडौं फाउन्डेसन, अष्ट्रेलियालाई प्रदान गरिने छ ।

यो एल्बम अष्ट्रेलियाका साथै यूकेमा पनि उपलब्ध हुनेछ । यूकेमा यसलाई इए साउण्ड, लण्डनले स्थानिय बजारमा विक्रि वितरण गर्नेछ । विगत एक महिनादेखि अष्टे्रलियामा रहेका सुगमले त्यहाँका विभिन्न शहरहरुमा आधा दर्जन गायन कार्यक्रम प्रस्तुत गरेका छन् । अष्ट्रेलियाका सिड्नी, पर्थ तथा ब्रिस्बेनमा उनले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu