गायिका महतका परिवारद्वारा शव बुझ्न अस्विकार



manju-mahat-accident

[dropcap][/dropcap]वारी दुर्घटनामा ज्यान गुमाएकी लोकदोहोरी गायिका मञ्जु महतका परिवारले शव बुझ्न अस्विकार गरेका छन्। ठक्करदिने माइक्रोबसले उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने भन्दै परिवारले अडान लिएपछि शनिबार अबेरसम्म माइक्रोबस व्यवसायी समितिसँग वार्ता गरिएपनि कुनै सहमति हुन सकेन।

माइक्रोबस व्यवसायी समितिको प्रतिनिधि मण्डलले पीडितका माग सम्बोधन गर्ने विषयमा आलटाल गरेपछि वार्ता भाँडिएको थियो। कलाकारहरुले पनि सोहि बिषयमा आन्दोलन गर्ने बताएका छन्।

काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचाररत उनको शनीवार अपरान्ह निधन भएको हो।

महत बिहिवार काठमाण्डौको गल्कोपाखामा दुर्घटनामा परेकी थिइन् । उनी सवार स्कुटरलाई दुईवटा माइक्रोबसले ठक्कर दिएका थिए। बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए । दुर्घटनाबाट उनको देब्रे खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेको थियो।

दुर्घटना लगत्तै उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसक्ने भएपछि उनलाई शिक्षण अस्पताल लगिएको थियो। त्यहाँबाट पनि चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए ।

महत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिती उपाध्यक्ष समेत थिइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu