धुर्मुसेले ‘रोक्नुस’ भन्दा सालुलाई आपत



[dropcap]‘धु[/dropcap]र्मुस’ नामबाट परिचित हाँस्य कलाकार सिताराम कट्टेललाई पुत्रीलाभ भएको महिनादिन नहुँदै शनीवार ललितपुरको धापाखेलमा ‘हट मोडेल’सँग फेला परे। धुर्मुसले धापाखेलमा मोडल सालु गौतमलाई ‘रोक्नुस’ र ‘लु सुरु गर्नुस’ भन्दै गरेको भेटियो। उनिहरुका साथमा गायक प्रमोद खरेल पनि देखिए। प्रमोदले ‘कन्ट्रोल हुँदैन’ भन्दै थिए। यी तीनजना किन त्यता देखिए होलान त ?

dhurmus-salu-pramod

सिभिल होम्स् धापाखेल आसपासमा गायक प्रमोद खरेल, धुर्मुस र सालु गौतम एक म्यूजिक भिडियो छायांकनमा थिए। हाँस्यकलाकार कट्टेलले आफ्नै भाषामा निर्देशन गर्दै थिए। निर्देशकबाट सँधै एक्शन-कट सुन्ने गरेका खरेल र गौतम कट्टेलको निर्देशनमा अलमलमा परेका थिए। तर रमाईलो पारामा छायांकन हुँदै थियो।

dhurmus-salu-pramod1

गायक खरेलको ‘हंगामा भो’ एल्बममा समावेश ‘कन्ट्रोल हुदैन’ बोलको गीतको म्युजिक भिडियो धुर्मुसले निर्देशन गरेका हुन्। शनिवारै भिडियोको छायांकन सकिएको छ। सो गीतको भिडियोमा राम्रो मान्छेलाई देखेपछि कन्ट्रोल नहुने अवस्थालाई देखाउन खोजिएको बताईएको छ।

dhurmus-salu-pramod2

भिडियोलाई सुदिप बरालले खिचेका हुन भने सालु गौतम, खेम शर्मा, दिलिप आखेडा, अर्जुन घिमिरे, राज अर्याल लगायतका कलाकारहरुले अभिनय गरेका छन्। छ वटा गीत समावेश भएको एल्बम ‘हंगामा भो’को शिर्ष गीतको भने गायकले यसअघि नै भिडियो बनाईसकेका छन्। एल्बमका सबै गीतहरुको भिडियो बनाउने लक्ष्य रहेको गायक खरेल बताउँछन्।

dhurmus-salu-pramod3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu