मैले खोजेको जस्तै पात्र पाएकोले “प्रसाद २”मा जोडिएँः त्रिपाठी



काठमाडौँ ।
अमेरिकाको “ह्युस्टन फिल्म फेस्टिभल”मा नेपाली फिल्म “हल्कारा”बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका महेश त्रिपाठी यतिबेला चलचित्र “प्रसाद २”को छायांकनमा छन् । कास्कीको ल्वाङ गाउँमा छायांकन भईरहेको सो चलचित्रमा त्रिपाठीको प्रवेश अन्तिम समयमा भएको थियो ।

महेश अगाडी निर्देशक सुदर्शन थापाले राज कटुवाललाई सोहि भुमिकामा लिएका थिए तर, छायांकन सुरु भएकै दिन देखि छायांकन स्थगित भएको थियो । पछिल्लो तालिकामा राजले समय दिन सकेका थिएनन् । राजले आफुले पाएको अग्रिम पारिश्रमिक समेत फिर्ता गरि आफैले निर्माण तथा अभिनय गर्ने चलचित्रको तयारीमा जुटे । सो भुमिकामा थापाले त्रिपाठीलाई लिएका हुन् ।

यो पनिः

किन छायांकन नगरी फर्कियो ‘प्रसाद २’ टिम ?

‘प्रसाद २’ : नम्रताको ठाउँमा केकी भित्रिइन्

छायांकन स्थलबाट कुरा गर्दै अवार्ड विजेता अभिनेता त्रिपाठीले “प्रसाद”को पहिलो चलचित्र निकै चर्चित र समिक्षात्मक रुपमा सफल मानिएको कारणले आफु सो नामको सिक्वेलसँग बढि अपेक्षा राख्दै चलचित्रमा प्रवेश गरेको बताए । “चलचित्रको नाममा जोडिनु पनि एक कुरा भयो, मैले काम गर्ने सन्दर्भमा चलचित्रको पात्र महत्वपूर्ण हुनुपर्छ भन्ने मान्यता राख्छु, यसमा मैले खोजेको जस्तै पात्र छ । र, सबै राम्रा कलाकारहरूसँग काम गर्न पाउनु पनि आफैमा भाग्यको कुरा हो”, त्रिपाठीले बताए । “प्रसाद २”बाट कलाकारितामा अर्को एउटा काम देखाउने अवसर प्राप्त गर्ने र अझै धेरै दर्शकमाझ पुग्न पाउने अपेक्षा राखेका त्रिपाठीले ‘चपली हाईट ३’मा पनि प्रमुख भुमिका निभाएका थिए ।

अन्तरजातीय विवाहको सामाजिक प्रभाव र प्रेमकथामा बन्दै गरेको यो चलचित्रको पहिलो श्रृंखला “प्रसाद”लाई दिनेश राउतले निर्देशन गरेका थिए । उक्त चलचित्रमा बिपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भुमिका थियो । “प्रसाद २”मा भने छायांकनको पहिलो दिन नै समस्या आएपछि नम्रताले यो चलचित्र नै छोडिन् । उनको स्थानमा केकी अधिकारीले अभिनय गरिरहेकी छन् । निश्चलको भुमिका भने पहिलो श्रृंखलामा नै टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu