राजधानीमा छोटा चलचित्रहरुको फेस्टिभल हुने



ekadeshmaठुलोपर्दा डटकम, काठमाण्डौ। राजधानीमा छोटा (लघु) चलचित्रहरुको पर्व ‘एकादेशमा फेस्टिभल’ हुने भएको छ । ३० वटा छोटा चलचित्रहरु देखाइने सो फेस्टिभल आगामी सेप्टेम्बर २७ देखि २९ सम्म चल्ने बताईएको छ। सो फेस्टिभलमा विभिन्न फिल्म फेस्टिभलमा छनोट भएका ‘म्यानहटन’ सहितका लघु चलचित्रहरु देखाइने छ ।

अन्डरग्राउन्ड टाकिजले आईतवार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सेप्टेम्बर २७ गते कुमारी हलबाट शुरू हुने फेस्टिभल अन्तिम दिन कालिकास्थान स्थित सर्वनाम थिएटरमा पुगेर समापन हुने जानकारी दिएको छ । आयोजकले गत बर्ष ‘एकादेशमा फेस्टिभल’मा सहभागी दर्शक एवम् चलचित्रकर्मीहरुबाट पाएको उत्साह र प्रेरणाले गर्दा दोस्रो वर्षको फेस्टिभल आयोजना गर्न लागिएको भन्दै ‘फेस्टिभललाई ‘फिचर चलचित्र’ निर्माणमा सहयोग पुर्याउने अवसरका रुपमा लिईएको बताएको छ ।

कार्यक्रममा सम्बन्धित नेपाली सर्ट फिल्मका कलाकारलाई परिचय गराउनुको साथै केही फिल्मका प्रोमो समेत देखाइएको थियो । एकादेशमा फिल्म फेस्टिभलमा ‘फुलको माला’ अर्न्तगत १२ वटा छोटा नेपाली चलचित्र, ‘हिराको माला’ अर्न्तगत १० वटा सँगै ‘पानारोमा वर्ल्ड सर्ट फिल्म’ र ‘सुनको माला’ अर्न्तगतका ८ वटा बिभिन्न छोटा चलचित्र देखाइने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu