‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान–२०७९’बाट विभिन्न श्रष्टाहरु सम्मानित



काठमाडौँ।
पत्रकारिता, चलचित्र, गीतसंगीत, सौन्दर्यकला तथा समाजसेवामा निरन्तर योगदान दिएका विभिन्न नेपाली श्रष्टाहरुलाई बुधबार काठमाडौँमा सम्मानित गरिएको छ । विलक्षण क्रियसन तथा ब्युटी न्युज नेपालको छैटौं वार्षिकोत्सवको अवसरमा काठमाडौंको नाचघरमा आयोजित ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान–२०७९’ मा सम्मान प्रदान गर्न बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, लायन्स रेश्मा श्रेष्ठ, सोनी कारञ्जितलगायत उपस्थित थिए ।

सम्मानित हुनेमा पत्रकार जीवन पराजुली, सञ्चारकर्मी पारशप्रकाश नेपाल, उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’, ब्युटिसियनहरु अनिता खड्का रायमाझी, रश्मिला श्रेष्ठ र सोनी शाह, अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’, महिला निर्देशक लछु गौतम, निर्देशकहरु नरेन श्रेष्ठ, कल्याण अधिकारी, हास्य बेगम नेपाली, सिनेमाटोग्राफर कृष्णबहादुर थापा, कोरियोग्राफर जोगेन्द्र केसी, कृष्ण रसाल, फेशन डिजाईनर काजल शर्मा, दिलमाया मगर, कोरियोग्राफर अश्विनी कान्त झा, समाजसेवी ज्योति घिमिरे, सुनकुमारी श्रेष्ठ, व्यवसायी शोभा गुरुङ, बालकृष्ण पोखरेल, श्रष्टा दिलिप केसी, गीतकारहरु प्रकाश सुवेदी, कमला रिसाल, प्रतिमा गुरुङ, गायक नारायण थापा, गायक ओम सुनार, गायिका केन्जुमा सुब्बा, गायक चिरञ्जिवी भण्डारी, गायक भारत सामरी, संगीतकार योगेन्द्र उपाध्याय, संगीत संयोजक शाहस शाक्य, फोटो पत्रकार सुरेन्द्र थापा थिए ।

राष्ट्रका प्रतिभालाई प्रोत्साहन गर्न आफुहरुले विगत ६ वर्षदेखि नै श्रष्टालाई सम्मान गर्दै आएको विलक्षण क्रियसनका अध्यक्ष डब्बु क्षत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu