वेलायतमा ‘बैगुनी पो रै’छौ तिमी …’ (तस्विरहरु सहित)



baiguni-featureठुलोपर्दा डटकम, लण्डन। विश्व बजारमा नेपाली गीत संगीतले आफ्नो स्थान बनाउने क्रमसँगै गीतको भिडियो पनि विदेशमा छायांकन गर्ने चलन ह्वात्तै बढेको छ । यसै साता मात्र गायक रोहित राणाको ‘रियालिटी’ एल्वममा समावेश ‘बैगुनी पो रै’छौ तिमी …’ बोलको गीतको छायांकन वेलायतको विभिन्न रमणीय स्थानहरुमा गरिएको छ ।

गायक स्वयंको शब्द र रवि श्रीको संगीत रहेको सो गीतको भिडियोमा प्रेम राणा, श्रद्धा खवास र दिपश कार्कीले अभिनय गरेका छन् भने भिडियोको छायांकन, सम्पादन एवं निर्देशन संचारकर्मी कुशल श्रेष्ठको रहेको छ । भिडियोमा सरल तरिकाले त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको र भिडियो छिट्टै रिलिज गरिने निर्देशक श्रेष्ठले ठुलोपर्दा डटकमसँग बताए ।
अन्य तस्विरहरु:


प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu