नेपाल आउँदै चार ‘डिआइडि’का डान्सर, सानोगौचरनमा बबालै गर्ने !



DID

[dropcap]वि[/dropcap]देशी मञ्चमा अब्बल ठहरिएका धेरै विदेशी गायक/गायिका नेपाली स्टेजमा प्रस्तुत भइसकेका छन् । पहिलोपल्ट नेपाली स्टेजमा बिदेशका प्लेटर्फममा आफूलाई अब्बल ठहर्‍याएका नेपालभाषी डान्सर देखिने भएका छन् । भारतीय टिभी जीटिभीको चर्चित रियालिटी शो डिआइडी (डान्स इन्डिया डान्स)मा नृत्यको जादू छरेका चार नेपालभाषी डान्सर प्रदीप गुरुङ, सौम्या राई, ओम क्षेत्री, नरेशविर सिंह र सुनिल क्षेत्री चैत २५ गते राजधानीस्थित सानोगौचरन, ज्ञानेश्वरमा नृत्य प्रस्तुत गर्दैछन् । ‘लेट्स डान्स’ नाम दिएको कार्यक्रममा नेपालका चर्चित कलाकारको पनि प्रस्तुति रहने भएको छ ।

संयुक्त अपांग एकता आवाज केन्द्रको सहयोगार्थ कस्तुरी भिजन प्रालिले उनीहरुलाई नेपाली मञ्चमा उतार्न लागेको हो । सौम्या भारतीय टीभीकै चर्चित रियालिटी शो ‘बुगीवुगी लिटिल चाम्स’को फस्ट रनरअप बनेकी थिइन् । त्यसैगरी उनले डिआइडी लिटिल चाम्समा तेस्रो स्थानसम्म पुगेकी थिइन् । अर्का बाल डान्सर ओम क्षत्री ७ वर्षको उमेरमा डिआडी लिटिल चाम्सको फस्र्टरनरअप भएका थिए । उनको भर्सटायल नृत्यको बलिउडका टप सेलिबि्रटीले पनि तारिफ गरेका थिए । त्यसैगरी यसपटक नेपालमा धुम मच्चाउने तयारीमा रहेका प्रदीप गुरुङ डिआडी सिजन ३ मा धेरैले रुचाएका डान्सर हुन् । उनी उक्त शोमा ‘ट्रेन्सकी टोली’ अन्तर्गत थिए । डान्स प्रशिक्षक ट्रेन्स लिविसका फेबरेट डान्सर पनि थिए । उनी डिआडी सिजन ३ मा फस्र्ट रनरअप भएका थिए । त्यसैगरी इन्डियका ठूलो रियालिटी शोमा देखिएका नेपाली हुन् सुनिल क्षेत्री । उनले पनि डिआडी सिजन ४ मा राम्रो चर्चा कमाएका थिए । त्यसैगरी डिआइडीमै सिजन २ मा नेपालको सुर्खेतका नरेशवीर सिंहले धमाका मच्चाएका थिए । रेम्बोको रंगिला अन्र्तगत नृत्य प्रस्तुत गरेका उनी टप टेनसम्म पुगेका थिए ।

did1

डान्सकलाबाट सम्मोहित सबै हुने भन्दै नेपालभाषी कलाकारलाई नेपाली भूमिमा प्रत्यक्ष देखाउन कार्यक्रमको आयोजना गरिएको आयोजमध्यका एक राजेन्द्र सेढाइले बताए । उनले भने, ‘सामाजिक सेवाका साथै नेपालभाषी डान्सरलाई नेपाली स्टेजमा देखाउनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।’ कार्यक्रममा निर्वाण एण्ड म्युजिक लिंक, बिबोइङ ग्रुप एभरेस्ट क्र्यु र हिपहप हृयान्ड टू हृयान्ड, गायक प्रमोद खरेल, डम्बर नेपाली, डान्सर शंकर विसी, पार्वती राई, विजय थापाका साथै चर्चित हाँस्यकलाकारको पनि प्रस्तुति रहने बताइएको छ । कार्यक्रमका लागि टिकट द स्टाइल काठमाडौं मल र हिमालय जाभाका शाखाहरुमा पाइने बताइएको छ । टिकट मूल्य ५ सय र १ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu