अमेरिकाबाट स्वर्गिय गायिका महतको सम्झना



min-darlami-magar
Writer: Min Darlami

[dropcap]हा[/dropcap]म्रो गीत-संगीत क्षेत्रले कसैलाई नचाहँदा नचाहँदै पनि एउटी कुशल गायिका मन्जु महतलाई गुमाउनु परेको छ । कसैलाई गुमाउनु दु:खद परिस्थिति हो तर पनि मृतकका परिवारले १२ लाख क्षतीपुर्ति पाउने खबरले हामीलाई खुसी लागेको छ । जाने त गए नरोकिने रहेछ तर बाँचेकाले ( उनका सन्तानले) भविष्यमा दु:ख कष्टहरू झेल्न नपरोस भनी सम्पूर्ण कलाकारहरुले देखाएको एकता र एउटै आवाज एकै ठाउँबाट बुलन्द गर्दा प्राप्त यो क्षणलाइ भोलीका दिनहरूमा हुन सक्ने सम्भावित घटनाक्रमको लागी पनि एउटा महत्वपूर्ण सफलता र खुसीको क्षण हो यो ।

अहिलेको यो घटनाले गर्दा राजनीतिक दलका नेताहरु गगन थापा, इश्वर पोख्रेल र रविन्द्र अधिकारीले कलाकारप्रति देखाएको सहानुभूती र उहाँहरुको लेखले पनि हामी संगीतकर्मी र कलाकारहरुको लागी एउटा गर्वको कुरा हो साथै साथ र सहयोग हो भन्ने लाग्दछ । लोक गायिका स्व.मन्जु महतको अकल्पनीय मृत्युमा सबै कलाकारहरु जसरी एकजुट भएर एउटै आवाज एकै ठाउँबाट बुलन्द गरी उनको परिवारलाई क्षतीपुर्ति दिलाउन सफल भए त्यसै गरी सम्पूर्ण कलाकारहरु सबै सदैव एकजुट भैदिए हालको यो सांगीतिक बजारमा पनि केही सुधार हुने थियो की ! हालको यो दर्दानाक अवस्था हुने थिएन की ! यस बारेमा पनि हाम्रा नयाँ, पुराना तथा अगुवा कलाकारहरुको बेलैमा बुद्धि पुगे हुने हो ।

तँ त्यो गुटको र म यो गुटको भन्ने बाँड-फाँड गर्ने भावनालाई परिवर्तन गरी संगीतकर्मी र कलाकारहरुले हामी सबै एउटै गुटको ( कलाकार ) हौँ भन्ने भावना भित्र मनबाटै सोच राखी दिए यो मर्नै लागेको गीत-संगीतको बजारलाई संजीवनी हुने थियो की ! हामी कलाकारहरुको एकताबाटै हामी कलाकारको समस्याहरु निवारण हुने हो । सँधै भरी एक आपसमा झै झगडा र मन मुटावले खुसी प्राप्त हुने होइन । कुनै पनि कलाकारको राम्रो गित संगीत मर्नु वा नचल्नु भनेको नि हामी कलाकार कै आय आर्जन डुब्नु हो । कोही कसैको गरी खाने माध्यम नै बन्द हुनु हो ।

तसर्थ अब हामी कलाकारहरूले एकले अर्कोलाई सहयोग गर्ने भावनाको वृद्दी गराउनु पर्दछ । हामीले अब एकले अर्कोलाई स्विकार्न सक्नु पर्दछ र सक्दो सहयोग गर्ने बानी र भावानाको विकास गराउनु पर्दछ । आज सम्म कहिल्यै नभएको एकमत स्व.मन्जु महतको दुखःद निधन पछी जे-जे देख्न मिल्यो, यी र यस्तै मेल-मिलाप, एकता हुने सदबुद्धी हाम्रा सम्पूर्ण कलाकार अनि गीत-संगीतकर्मीहरूलाई सदैव प्रदान गरुन श्री पशुपतीनाथसँग प्रार्थाना गर्दछु ।

स्व: मन्जु महतलाइ हार्दिक श्रदान्जली !

गीत-संगीतको साथी अनी स्रष्टा,
मिन दर्लामी
हाल, सिकागो, अमेरिका ।

(लेखक नेपाली लोक दोहरीका रचनाकार हुन्)

 

 

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu