सडक बालकको मन कति दयालु | भिडियो



nava-dhungel

[dropcap][/dropcap]फ्नै दिन गुजार्न बोरा बोकेर गल्ली चहार्ने ११ बर्षिय बालकको मन कस्तो हुन्छ होला ? यो प्रश्नको उत्तर हुनेखाने थोरैसँग मात्रै हुन्छ । आफ्नो जे अवस्था छ त्यहि अवस्था अरुको देख्यो भने उसले कस्तो सोच्ला अनि के गर्ला ? अब यो प्रश्नको उत्तर तपाईँले पाउनुहुनेछ ।

ललितपुरको पाटन ढोकाको सडकछेउमा एक बेवारिसे बालक फेला पर्छ । दैनिक गुजरा चलाऊनको लागि प्लास्टिक टिप्दै हिंड्ने अर्को एक ११ बर्षिय सडक बालकले उक्त नाबालक शिशुलाई देख्छ र त्यसै छोड्न सक्दैन । मन्दिरमा पूजा गर्न, धर्म गर्न आउने धर्मात्माहरुले नाबलकलाई शरण दिनेछन् भन्ने सोचले उक्त नाबालकलाई कुनै मन्दिरको छेउमा राख्छ । तर कसैले उक्त अवोध बालक प्रति दया देखाउँदैनन् । बरु माग्नेको भेषमा देख्दछन् र १-२ रुपैयाँ दिन थाल्छन् । उसलाइ मन पर्दैन सबै पैसा फ्याँकिदिन्छ । भौतारिँदै जाँदा एक जोडी विदेशीले अन्ततः त्यो बच्चालाई आफ्नो साथ लग्छन् । आफ्नो काखबाट बच्चा लगेपछि ११ बर्षिय बालक न दुखी नै छ न त खूशी नै हुन सकेको छ ।

सडकमा दिन प्रतिदिन बढ्दै गरेका सडक बालक प्रति आधारित् रहेर निर्माण गरिएको म्युजिक भिडियो ‘बाटो’ले अहिले चौतर्फी चर्चा पाईरहेको छ । आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस् म्युजिक भिडियोलाई नव ढुङेलले निर्देशन गरेका हुन् । जसमा सडक बालकको कथालाई अत्यन्तै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ ।

nava-dhungel1

गीतकार शेखर ढुङेलले यस् गीतलाई ५ बर्ष अघीनै लेखेका हुन । ५ बर्ष अगाडीनै सुशिल विश्वकर्माको संगीतमा सिशिर योगीले गाएका हुन् । यस बर्ष नेपाल आउँदा उनले सडक बालक झन झन बढीरहेको देखे र यही गीतलाई सडक बालक प्रति समर्पित गर्दै भिडियो बनाउन निर्देशक नव ढुङेललाई आग्रह गरे ।

भिडियोलाई अमृत सुनुवारले खिचेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सिल्फ ईन्टरटेनमेन्ट को स्टुडियोमा पोस्ट प्रोडक्सन गरिएको यस भिडियोमा सन्दर्भ न्युरे, सौर्या पन्डित, सन्तोष अधिकारी, सन्ध्या गिरी लगायतका कलाकर्मीहरुले अभिनय गरेका छन् ।

भिडियो यहाँ हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu