नायिका शोभिता सिम्खडाको कतारमा अपहरण



shobhita-kidnap

लामो समयदेखी कतारमा बस्दै आएकी नायिका शोभिता सिम्खडा अपहरणमा परेकी छिन्। प्रेमी भेट्न हिडेकी सिम्खडालाई युवाहरुको समूहले बाटैबाट अपहरण गरेको थियो तर, उनिहरुसँगै रहेको चक्कुले एकजनाको हत्या गरि फरार हुन सफल हुन्छिन्। अन्ततः उनले प्रेमी भेट्छिन्।

यो कथा हो आउँदै गरेको नयाँ म्यूजिक भिडियोको। रमेश कँडेलको स्वर तथा संगीतमा रहेको ‘पर्खाईमा तड्पिएको जीवन …’ बोलको गीतमा शोभिताको साथमा ओबी रायमाझी, कमल परियार लगाएतको अभिनय रहेको छ। प्रोमो सार्वजनिक गरिएको यो भिडियोलाई निर्देशन तथा सम्पादन भनिन तामाङ्ले गरेका छन्। बसन्त राईले खिचेका छन्।

यो भिडियोलाई ग्रुप वन क्रियशन कतारले तयार पारेको हो। सुजन म्यूजिक प्रालीले अडियो व्यबस्थापन गरेको यो गीतको पुरै भिडियो कतारमा नै छायांकन गरिएको छ।

Watch the promo here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu