अन्ततः ‘आदिपुरुष’ लेखकले स्विकारे गल्ती, मागे नि:शर्त माफी



काठमाडौँ।
रामायणकालिन तथ्यलाई तोडमोड गरी हिन्दु धर्ममा आस्था राख्नेहरुको भावना चोट पुर्‍याएको आरोप लागेका चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । शनिवार बिहानै ट्विटरमार्फत उनले जनभावनामा चोट पुगेको म स्वीकार गरी माफी मागेका हुन् ।

उनले ट्विट गरेका छन्, “आदिपुरुष चलचित्रबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु । मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर नि:शर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गर्नुहोस् !”

सो चलचित्रले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणमा मानिदै आएका पात्रहरुलाई गलत रुपमा देखाएको, सितामातालाई भारतकी छोरी भनेको, संवादहरु तल्लो स्तरका रहेको भन्दै व्यापक आलोचना भएको थियो । आलोचनाबीच ३ दिन व्यापार गरेको यो चलचित्रले चौँथो दिनदेखि हलबाट उत्रिन सुरू गरेको थियो ।

नेपालमा पनि यो चलचित्रको व्यापक विरोध भएको थियो । काठमाडौँ महानगरपालिकाका मेयर बालेनले चलचित्रको मूल कपीबाट नै सितामातालाई भारतकी छोरी भन्ने भाव आउने संवाद नसच्याएसम्म कामपा भित्रका हलहरुमा ‘आदिपुरुष’ प्रतिबन्ध र तीनदिनमा नसच्याए कुनैपनि हिन्दी चलचित्रमा प्रतिबन्ध लगाएका थिए । यद्यपी यो निर्णयलाई भने उच्च अदालत पाटनले खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu