सुशान्त सिंह राजपुतमाथि बनेको चलचित्र ‘न्याय’ रिलिज हुने



तीन वर्षअघि दिवंगत अभिनेता सुशान्त सिंह राजपुतमाथि बनेको भारतको चलचित्र ‘न्याय’ रिलिज हुने भएको छ । बुधबार दिल्ली उच्च अदालतले चलचित्रमा रोक लगाउन नहुने फैसला गरेसँगै अब यो चलचित्र रिलिज हुने भएको हो ।

विगत दुई वर्षदेखि यसको रिलिजलाई लिएर अदालतमा मुद्दा चलिरहेको थियो । सुशान्तका बुबा केके सिंहले फिल्मको रिलिज रोक्नको लागि निवेदन दिएका थिए । बुधबार दिल्ली उच्च अदालतले मुद्दाको सुनुवाइ गर्दै यो याचिका खारेज गरेको छ । अदालतले चलचित्रलाई कुनै पनि हालतमा प्रतिबन्ध लगाउनु उचित नभएको बताएको छ । सुशान्तका बुबाले फिल्मका निर्माताविरुद्ध छोराको गोपनीयतामा ठेस पुर्‍याएको भन्दै मुद्दा दायर गरेका थिए । केके सिंहको याचिकामा टिप्पणी गर्दै अदालतले सुशान्तको मृत्युसँगै उनको गोपनीयताको अधिकार पनि समाप्त भएको बताएको छ ।

दिल्ली हाईकोर्टले सम्बन्धित तथ्य मिडियामा आइसकेको आधारमा चलचित्र बनेको हो भने त्यसमा कुनै आपत्ति नहुने फैसला गर्दै यसका निर्माताले सुशान्तको अधिकारको हनन नगरेको भनिएको छ ।

जुबेर खान र श्रेय शुक्लाको प्रमुख अभिनय रहेको ‘न्याय’लाई दिलिप गुलाटीले निर्देशन गरेका छन् ।

  • दैनिक भास्कर
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu