‘आदिपुरुष’ जस्तो हुन नदिन भारतमा ‘ओएमजी २’ रोकियो



भारतको सेन्सर बोर्डले अक्षय कुमारको चलचित्र ‘ओएमजी २’को रिलिजमा रोक लगाएको छ । बोर्डले यो चलचित्रबारे थप निर्णय लिन समीक्षा समितिमा पठाएको छ । सेन्सर बोर्डले हालै ‘आदिपुरुष’ चलचित्रको जस्तो घटना नहोस् भन्ने हेतुले यो निर्णय लिेएको बताईएको भारतीय मिडियाले लेखेका छन् ।

यो चलचित्रको टिजर ११ जुलाईमा रिलिज भएको थियो । टिजरमा अक्षय कुमार लामो कपाल र निधारमा खरानी लिएर भगवान शिवको रूपमा देखिएका छन् । यसमा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा देखिनेछन् ।

यो चलचित्र अगस्ट ११ मा सनि देओलको ‘गदर २’सँगै रिलिजको तयारीमा थियो। यसको पहिलो भाग सन् २०१२ मा रिलीज भएको थियो ।

धार्मिक भावनामा ठेस पुर्‍याएको र तथ्य बंग्याएको भन्दै संसारभर ‘आदिपुरुष’को व्यापक विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu