सुपरहिरोको भूमिकामा प्रभास, के हो ‘प्रोजेक्ट-के’ ?



मल्टिस्टारर भारतीय चलचित्र ‘प्रोजेक्ट के’ अन्तर्गत त्यहाँका सुपरस्टार प्रभासको फर्स्ट लुक सार्वजनिक भएको छ । सार्वजनिक भएको फर्स्ट लुकमा प्रभास सुपर हिरोको भूमिकामा देखिएका छन् ।

यसलाई सेयर गर्दै निर्माताले लेखेका छन्, ‘हीरो आयो, अब यहाँबाट खेल फेरिनेछ ।’ तस्विरमा प्रभास एक्सन अवतारमा देखिएका छन् । उनले सुपरहिरो सूट लगाएका छन् र उनको लामो कपाललाई फ्यानहरुले निकै रुचाएका छन् ।

अर्को वर्ष जनवरी १२ मा रिलिज हुन लागेको चलचित्रमा प्रभास बाहेक दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हसन लगायतका धेरै ठूला कलाकारहरुको अभिनय रहनेछ ।

यो चलचित्र दुई दिनदेखि सामाजिक सञ्जालमा चर्चामा छ । यो चलचित्रका निर्माताहरु अहिले ‘सान डिएगो कमिक–कन’ कार्यक्रममा सहभागी हुन अमेरिका गएका छन् । यही जुलाई २० मा चलचित्रको टिजर र यससँग सम्बन्धित जानकारी सार्वजनिक गरिने भएको छ ।

यस चलचित्रसँग सम्बन्धित बाँकी घोषणा गर्न निर्माता र कलाकारहरू ;सान डिएगो कमिक-कन’ कार्यक्रममा पुगेका हुन् । यसमा निर्देशक नाग अश्विनका अलावा प्रभास, राणा दग्गुबाती र कमल हसन जस्ता कलाकारहरु पनि संलग्न हुनेछन् । यो चलचित्र सान डिएगो कमिक-कनमा भाग लिने पहिलो भारतीय चलचित्र हुनेछ ।

सो कार्यक्रममा दीपिका पादुकोण पनि उपस्थित हुने भनिएपनि उनी गएकी छैनन् । अहिले हलिउडमा ‘स्क्रिन एक्टर्स गिल्ड – अमेरिकन फेडरेशन अफ टेलिभिजन एण्ड रेडियो आर्टिस्ट’ जस्ता संगठनहरू हडतालमा छन् । दीपिका त्यो संस्थाको सदस्य हुन् । यस्तो अवस्थामा उनले सान डिएगो कमिक-कनमा उपस्थित नहुने गरी आफ्नो ऐक्यबद्धता देखाएकी हुन् ।

दुई दिनअघि निर्माताले चलचित्रको मुख्य अभिनेत्री दीपिका पादुकोणको फर्स्ट लुक पोस्टर सेयर गरेका थिए । पोस्टरमा उनलाई देहाती अवतारमा देखाइएको छ ।

यो चलचित्रमा कमल हसन भिलेनको भूमिकामा छन् । अमिताभ बच्चन र कमल हसन ३८ वर्षपछि सँगै काम गर्दैछन् । यससँगै दिशा पटनी पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । चलचित्रको संगीत र मौलिक संगीत सन्तोष नारायणनले गरेका हुन् ।

चलचित्रको छायाङ्कन हिन्दी र तेलुगुमा एकैसाथ भइरहेको छ ।

  • दैनिक भास्करबाट
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu