एक अभिनेत्री जसले कोभिडमा बिरामीलाई मद्दत गर्दा आँफैलाई प्यारालाइसिस् भयो



सन् २०२० को त्यो डरलाग्दो दृश्य कहिल्यै बिर्सन सकिदैन, जब कोरोनाको कहरले करोडौंको जीवन बर्बाद गर्‍यो । लाखौं मानिसहरु एकैछिनमा मरिरहेका थिए र हामी मानिसहरु लाचार थियौं । यस अवधिमा केही मानिसहरूले मसीहा बनेर असहाय मानिसहरूलाई सहयोग गरे । तीमध्ये भारतीय अभिनेत्री शिखा मल्होत्रा ​​पनि एक हुन् । शिखाले कोरोना महामारीका बेला नर्स भएर जनताको सेवा गरेकी थिइन् । यसपछि उनलाई के भयो, कसैले कल्पनासमेत गरेको थिएन ।

मल्होत्रा ​​शाहरुख खानको फिल्म ‘फ्यान’ मा सानो भूमिकामा देखिएकी थिइन् । यो फिल्मपछि उनले २०२० मा ‘कञ्चली’ बाट मुख्य अभिनेत्रीको रुपमा बलिउडमा डेब्यु गरेकी थिइन् । ‘कञ्चली’ मा उनीसँग सञ्जय मिश्रा मुख्य भूमिकामा थिए । अभिनेत्री बन्नुअघि शिखाले नर्सिङ पढेकी थिइन् । विश्वमा कोरोनाको कोलाहल मच्चिएको बेला उनले पीडितको सहयोगी बन्ने निर्णय गरिन् ।

आफ्नो ज्यानको पर्वाह नगरी उनले भारतको बीएमसी अस्पतालमा नर्सको रूपमा सेवा गर्न थालिन् । त्यसक्रममा जे डर थियो त्यही भयो । शिखा कोभिड १९ को चपेटामा परिन् । जसको कारण ब्रेन स्ट्रोक भयो । उनी विस्तारै कोरोनाबाट त निको भइन् तर, पक्षाघातको सिकार भईन् । उनी यी सबै रोगसँग लड्दै थिइन्, उनलाई स्ट्राइड समस्या भयो र उनको तौल बढ्न थाल्यो ।

शिखा जीवनका हरेक समस्यासँग लड्दै थिइन् । उनलाई अब आफु फेरि निको हुने आशा गर्नै छोडेकी थिइन् । तर, परिस्थितीले शिखालाई जादुमय साथ दियो । भनिन्छ, ‘यदि मानिसमा बाँच्ने हिम्मत छ र केहि गर्ने इच्छा छ भने, भगवान पनि सहयोग गर्न को लागी तयार छ ।’ हो त्यस्तै भयो शिखाको जीवनमा ।

अहिले शिखा बिस्तारै रोगबाट निको हुँदैछिन् । अहिले उनी पहिले जस्तै फिट छिन् । उनी पहिलेभन्दा धेरै ग्लामरस र सुन्दर बनेकी छिन् ।

  • आजतकबाट साभार
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu