दुबईमा शाहरुखको लाईभ कन्सर्ट हुने, टिकट बुकिङको ओईरो



shaharukh-&-deepikaठुलोपर्दा डटकम, मुम्बई। ‘ह्याप्पी न्यू इयर’ को शुटिङका लागी दुबईमा व्यस्त रहेका चर्चित बलिउड स्टार शाहरुख खानले दुबईमा ‘शाहरुख लाईभ इन कन्सर्ट’ गर्ने भएका छन् । उनीसंग चेन्नाई एक्सप्रेस र ह्याप्पी न्यू इयरकी जोडी दिपिका पादुकोणले पनि शो गर्ने आज पत्रकार सम्मेलनमार्फत शाहरुखले जानकारी गराएका हुन् ।

सन् २००८ पछि पहिलोपटक शाहरुखले दुबईमा यही आउदो डिसेम्बर १ तारिखका दिन दुबईको अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा शो गर्न लागेका हुन् । उक्त स्टेडियममा २५ हजार मानिस थेग्ने क्षमता रहेका छ तर शाहरुखका फ्यानहरु बढी रहेको बताइएको छ । शो मा शाहरुखले धमाका मचाउने बताइएको छ । त्यँहा विभिन्न मिडियामार्फत प्रतियोगिता गरेर केही फ्यानहरुलाई शाहरुखसंगै स्टेजमा उभिने मौका दिइने बताइएको छ ।

पत्रकार सम्मेलनमा दिपिकाले आफु शाहरुखसंग शो गर्न पाउनु गौरवको कुरा रहेको र धेरै ज्ञान सिक्ने अपेक्षा रहेको बताएकी थिइन् । दिपिकाले त्यस्तो भनिरहदा शाहरुखले भने यसो भनिदिए, ‘ दिपिकाले एकदिनमा सिक्ने कुरा सिक्न मलाई ३० दिन लाग्छ ।’

शाहरुखको शोमा उपस्थित हुनका लागी अहिलेदेखि नै टिकट बुकिङ गर्नेको ओइरो लाग्ने अनुमान गरिएको छ । तर शाहरुखले त्यस्तो के चमत्कार गर्लान ५ वर्षपछि दुर्बइको शोमा ? केही न केही मसला त दिने नै आशा गरौँ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu