शहरका मानिसका बाध्यता र विकसित संस्कारलाई ‘शहर’मा पाइने



shahar1

[dropcap][/dropcap]लानो क्रियशन पोखराले निर्माण गरीरहेको टेलिफिल्म ‘शहर’ को आधा सुटीङ सकिएको छ । बैशाखको दोस्रो हप्ता सम्म बाँकी सुटीङ सकीने निर्माण पक्षले बताएको छ । पोखरा र आसपासका क्षेत्रमा हाल ‘शहर’को धमाधम छायाङ्कन भइरहेको छ । छायङ्कनसँगै सम्पादनको काम पनि एकैपटक भइरहेको फलानो क्रियशनले जनाएको छ । टेलिफिल्म ‘शहर’ लाई आगामी जेठ महिनाबाट प्रसारण गर्ने लक्ष्य लिइएको छ । ‘शहर’ पोखराको गण्डकी टेलिभिजन बाट प्रसारण हुँदैछ ।

पोखरा शहरका वास्तबिक घटनाहरु र यहाँको जीवनशैली लाई टेलिफिल्म ‘शहर’ले चित्रण गर्ने बताइएको छ । शहरका मानिसका बाध्यता र विकसित संस्कारलाई शहरको मु्ख्य बिषयवस्तु बनाइएको ‘शहर’का लेखक तथा निर्देशक अपिल त्रिपाठीले बताए । ‘शहर’मा सरोज अधिकारीको छायाङ्कन, सुवास अम्गाईको सम्पादन रहेको छ भने फलानो क्रियशन र ङुटुक गुरुङ्ग ‘टाइगर’ को संयुक्त लगानी रहेको छ । निर्माता ङुटुक गुरुङ्ग ‘टाइगर’ ले शहरको वास्ताबिकता लाई प्रस्तुत गरीएकोले टेलिफिल्म ‘शहर’ दर्शकहरुका लागी रुचिपुर्ण हुने बताए ।

shahar2

‘शहर’मा बिभिन्न कलाकारहरुको साथै पोखराका बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको समेत अभिनय रहेको छ । सबै कलाकारको विवरण केही दिनमा सार्वजनिक गरीने निर्देशक अपिल त्रिपाठीले बताएका छन् । युनाइटेड रेफरेन्स ल्याब्रोटरी, न्युरोड पोखराको मुख्य प्रायोजन, होटल प्राइड एण्ड स्पा जोमसोमको प्रायोजन र फेवासिटी हस्पीटलको सह-प्रायोजन रहेको टि.भी फिल्म ‘शहर’ को प्रवर्द्दन परिचय एड्भर्टाइजिङले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu