अस्करको ९१औं संस्करणको लागि नेपाली चलचित्र माग



काठमाडौँ।
एकेडेमी अवार्ड (अस्कर)को ९१औं संस्करणको विदेशी भाषी चलचित्र विधाको लागि नेपाली चलचित्रको माग गरिएको छ । सधैँ जस्तै यसपटक पनि एक नेपाली चलचित्र अस्करमा सहभागी गराईनेछ ।

द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सद्वारा आयोजना हुने यो संस्करण सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा आयोजना हुँदैछ ।

विदेशी भाषी चलचित्र छनोट समिति नेपालले एक विज्ञप्ति जारी गर्दै एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गर्न चलचित्रको आवेदन माग गरिएको हो । प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०१८ सेप्टेम्बर १४ तारिख अर्थात् मिति २०७५ भदौ २९ गते शुक्रबार दिनको १ बजेभित्र समितिको सचिवालयमा दर्ता गराउन अनुरोध गरिएको छ ।

यसको लागि प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र वि.सं. सन् २०१७ अक्टोबर १ तारिख अर्थात् वि.सं. २०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ (सन् २०१८ सेप्टेम्बर ३०) गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ ।

विज्ञप्ति

नियमहरू

CHECKLIST

Instructions for Media Shuttle Upload

91st Oscars 2019 Film Selection Committee (Nepal)

  • Member- Mr. Chiranjibi Guragain, Film Archivist, Curator, Film Director, Film Festival Expert, Information & International Relations Officer, Film Development Board, [email protected], +9779851029200
  • Member- Mr. Laxmi Nath Sharma Film Director, Scriptwriter; (Ex-Chairperson-Film Directors Guild of Nepal), [email protected], +9779841355347
  • Member- Mr. Lokendra Parajuli’Kapil’ DI Colorist, Engineer, Digital Cinema Generalist, [email protected], 9851152745
  • Member- Mr. Pradeep Kumar Upadhyay, Sound Engineer, Film Director, Sound Expert, [email protected], +97798510422997
  • Member- Mr. Rajendra Shalabh Film Director, Scriptwriter, Lyricist, Poet, [email protected], +9779851040071
  • Member- Mr. Raju Bickram Thapa, Cinematographer, [email protected], +9779851072681
  • Member- Mr. Samipya Raj Timalsana, Film Critics, Scriptwriter, Film Journalist
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu