बलिउडमा ‘गदर २’को सुनामी



शुक्रवार रिलिज भएको बलिउड चलचित्र ‘गदर २’ले बक्स अफिसमा सुनामी ल्याएको छ । त्यहाँका ट्रेड एनालिस्ट तरण आदर्शले आइतवार दुई दिनको रिपोर्ट सार्वजनिक गर्दै सुनामी ल्याएको बताएका छन् ।

सनि देओल र अमिशा पटेल अभिनित यो चलचित्रले शुक्रवार ४०.१० करोड भारु कलेक्शन गरेको थियो भने शनिवार ४३.०८ करोड कलेक्शन गरेको आदर्शले बताएका छन् । यो कलेक्शनसँगै यो चलचित्रले सहजै दुई सय करोड पार गर्ने देखिएको छ । सन् २००१ मा रिलिज भएको ‘गदर’को सिक्वेलको रुपमा बनेको यो चलचित्र ब्लकबष्टर पक्का भईसकेको छ ।

त्यस्तै, एकसाथ रिलिज भएको अक्षयकुमार अभिनित ‘ओएमजि २’ले दुई दिनमा २५.५६ करोड भारु मात्र कलेक्शन गरेको छ । समिक्षागत हिसाबमा उत्कृष्ट यस चलचित्रको कमाईमा दक्षिण भारतिय चलचित्र ‘रजिनी द जेलर’ र बलिउड चलचित्र ‘गदर २’ले असर गरेका छन् ।

एकदिन अगाडी बिहिवार रिलिज भएको रजिनिकान्थ स्टारर ‘रजिनी द जेलर’ले दुई दिनमै १०० करोड भारु कलेक्शन पार गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu