बलिउड सुपरस्टार अक्षय कुमारले पाए भारतको नागरिकता



क्यानडाका नागरिक रहेका बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमारले भारतको नागरिकता प्राप्त गरेका छन् । दशकौँ समय बलिउडमा बिताएका उनले मंगलवार ट्विट गर्दै आफू भारतीय नागरिक बनेको जनाएका छन् ।

भारत सरकारको गृह मन्त्रालयद्वारा जारी नागरिकताको प्रमाणपत्र शेयर गर्दै अक्षयले लेखेका छन्, “दिल र नागरिकता, दुबै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना ।”

नागरिकतामा उनको नाम अक्षय हरिओम भाटिया लेखिएको छ । ९ सेप्टेम्बर १९६७ मा भारतको दिल्लीमा जन्मिएका अक्षयका पिताको नाम बृजमोहन र आमाको नाम अरुणा भाटिया हो । बलिउडमा आउनुअगावै उनि रोजगारीको शिलशिलामा क्यानडा पुगेका थिएँ । सोहि समय उनले त्यहाँको नागरिकता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu