समुद्र किनारमा देखिए शिवम र पुजना (फोटो फिचर)



poojana-shivam2
ठुलोपर्दा डटकम, मुम्बई।
केहि महिना अघि वलिउड स्टार रणविर कपुर र कैटरिना कैफको समुद्र किनारमा मस्ति गरेको तस्विर अहिले सम्म चर्चा पाईरहेको छ। यतिबेला नेपाली चलचित्रका नायक तथा नायिका शिवम पोखरेल र पुजना प्रधान पनि समुद्रको किनारमा रमाईरहेका छन्।
poojana-shivam
रणविर र कैटरिनाको जस्तो रोमाञ्स गर्न भने शिवम र पुजना समुद्र पुगेका होइनन्। मुम्बई र चेन्नईमा भएका कार्यक्रममा सहभागिता जनाउन यहाँ आएका बेला उनिहरु घुमघाममा व्यस्त छन्। नायिका पुजना प्रधान एक महिना यता मुम्बई छिन्। शिवम पनि झण्डै एक महिना अगाडी यहाँ छन्।
poojana-shivam3
कार्यक्रम सकेर उनिहरुले भारत बिभिन्न स्थानहरु घुम्ने इच्छा पुरा गरेका छन्। शिवम प्राय: म्युजिक भिडियोका अभिनेता हुन्। उनले चलचित्रमा पनि आफ्नो स्थान बनाउने प्रयासमा छन्। पुजनाको नेपाली चलचित्रमा पहिले जस्तो डिमाण्ड नभएता पनि उनका फाट्टफुट्ट चलचित्र भने आईरहेका छन्।
poojana-shivam1
महिनादिन अघि एक कार्यक्रममा सहभागिता जनाउन यहाँ आएकी प्रधानको त्यसताकाको भित्री वस्त्र समेत देखिएको नृत्यले चर्चा र आलोचनाको पात्र बनेकी थिईन्। हाल पुजना मुम्बईको मीरारोड नजिकै दाजु-भाउजुको साथमा बस्दै आएको बताईन्छ।
poojana-shivam4

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu