सालुलाई देखेपछि कन्ट्रोल नहुने के भयो यस्तो ? | भिडियो



dhurmus-salu-pramod1 (1)

टेलिभिजनको पर्दामा ‘धुर्मुस’, ‘खड्काजी’, ‘मुस्कान पासा’ जस्ता अनेकन नामबाट परिचित सिताराम कट्टेलले निर्देशन गरेको गायक प्रमोद खरेलको गीतको भिडियो दर्शकसामु आएको छ। नयाँ बर्ष २०७१ सालको उपहार स्वरुप ‘कन्ट्रोल हुँदैन …’ बोलको यो भिडियो सार्वजनिक भएको हो।

गायक खरेलको ‘हंगामा भो’ एल्बममा समावेश यो गीतको छायांकन केहि दिन पहिले भएको थियो। सो गीतको भिडियोमा राम्रो मान्छेलाई देखेपछि कन्ट्रोल नहुने अवस्थालाई देखाउन खोजिएको छ। भिडियोलाई सुदिप बरालले खिचेका हुन भने सालु गौतम, खेम शर्मा, दिलिप आखेडा, अर्जुन घिमिरे, राज अर्याल लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

छ वटा गीत समावेश भएको एल्बम ‘हंगामा भो’को शिर्ष गीतको भने गायकले यसअघि नै भिडियो बनाईसकेका छन्। एल्बमका सबै गीतहरुको भिडियो बनाउने लक्ष्य रहेको गायक खरेल बताउँछन्।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu