बर्षालाई लिएर म्यूजिक भिडियो निर्देशनमा विधान



vidhan

पछिल्लो समय सञ्चारकर्मीहरुमा म्युजिक भिडियो तथा ठुलोपर्दाको चलचित्र निर्देशन् गर्ने मोह बढिरहँदा रंग पत्रकार विधान कार्की पनि म्युजिक भिडियो निर्देशनमा जुटेका छन् । लामो समयदेखी दर्शकमाझ टेलिभिजनको पर्दामा मनोरञ्जनको खुराक पस्कनमा व्यस्त विधानको परिचय अब सञ्चारकर्मी मात्रै होईन म्युजिक भिडियो निर्देशक पनि थपिएको छ ।

गायिका सरिता प्रजापतिको स्वरमा तयार हुँदै गरेको गिती एल्बम ‘सम्झनालाई जाली रुमाल’लाई विधानले निर्देशन गर्दैछन् । आफ्नो हालसम्मको अनुभवलाई भरपुर लगानी गर्दै जतिसक्दो राम्रो काम गरि देखाउने आफ्नो सोच रहेको विधानले ठुलोपर्दालाई बताए । अबको केहि दिनमा नै सुटिङको तयारी भईरहेको यो प्रोजेक्टको लागी सम्पुर्ण तयारी पुरा भईसकेको बताउँदै विधानले मोडलिङमा किरण लाकौल, बर्षा सिवाकोटी तथा ‘न्यू कमर’ सुदिप सापकोटा रहने जानकारी दिए । बर्षाले अभिनय गरेको चलचित्र ‘नाई नभन्नु ल २’ यतिबेला चर्चा र सफलताको साथ चलिरहेको छ ।

यो म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले खिच्नेछन् । टेलिभिजनको पर्दामा दमदार प्रस्तुती दिन माहिर रंगकर्मी विधानले म्युजिक भिडियो भने कस्तो तयार गर्ने हुन् त्यो पछि नै हेरौँला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu