‘पुष्पा २ – द रुल’को रिलिज मिति सार्वजनिक



बहुप्रतिक्षित भारतीय चलचित्र ‘पुष्पा २ – द रुल’को रिलिज मिति सार्वजनिक गरिएको छ । निर्देशक सुकुमारले सोसल मिडियामा रिलिज मिति सहितको पोस्टर शेयर गर्दै १५ अगस्ट २०२४ मा यो चलचित्र विश्वभरका हलमा रिलिज हुने जनाएका छन् ।

भारतको स्वतन्त्रता दिवसमा हुने उल्लास र विदाको मौका पारी रणनीतिक रूपमा रिलीज मिति घोषणा गरिएको हो । यसबाट बक्स अफिसमा अधिकतम व्यापार हुने अपेक्षा गरिएको छ ।

यो चलचित्र‘पुष्पा–द राइज’को सिक्वेल हो । यो चलचित्रको रिलिज मितिलाई देशभरका दर्शकले उत्सुकतापूर्वक पर्खिरहेका छन् । यसका अभिनेता अल्लु अर्जुनले भारतको ६९ औं राष्ट्रिय चलचित्र अवार्डमा पुष्पराजको भूमिकाका लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu