समस्याग्रस्त बन्यो चलचित्र ‘रामायण’, के यश रावण बन्न लागेका हुन् ?



भारतीय निर्देशक नितेश तिवारीको निर्माणाधीन चलचित्र ‘रामायण’ समस्याग्रस्त बनेको छ । सन् २०२३ को अन्त्यबाट सुरु हुने भनिएको यसको छायाङ्कनको टुङ्गो अझै लागेको छैन । मधु मन्टेना, नमित मल्होत्रा र अल्लु अरविन्द मिलेर बनाउने भनेको यो चलचित्र आपसी मतभिन्नताका कारण टिम छुट्टिएको खबर छ । हालै रिलिज भएको रामायणमा नै आधारित चलचित्र ‘आदिपुरुष’को विवाद र असफलताको कारण निर्माताबिच मतभेद भएको दैनिक भास्करले लेखेको छ ।

निर्देशक तिवारी तीन भागमा चलचित्र बनाउने तयारीमा थिए । निर्माताको मतभेदले यसको काम पछि हट्ने लगभग पक्का भएको छ । अहिलेसम्म राम–सीताको भूमिकाका बारेमा कुनै आधिकारिक जानकारी आएको छैन । यद्यपि रामको भूमिकाका लागि रणवीर कपूरको नाम पनि अगाडि आएको थियो । तर, ढिलो भएका कारण रणवीरले पनि यो प्रोजेक्टमा खासै चासो दिएका छैनन् । सीताको भूमिकाका लागि भने तमिल अभिनेत्री साई पल्लवीलाई कास्ट गर्ने निर्णय भएको छ । यो चलचित्रबाट पल्लवीले बलिउडमा डेब्यु गर्न लागेकी हुन् । पल्लवीले सन् २००५ मा तमिल फिल्म कस्तुरी मानबाट डेब्यु गरेकी थिइन् ।

चलचित्रमा रावणको भूमिकाका लागि केजीएफ अभिनेता यश उर्फ नवीन कुमार गौडाको लुक टेस्ट गरिएको खबर आएका छन् । यद्यपि यो भूमिकाका लागि मुख्य कलाकार तय भने भएको बताइएको छैन । केही अघि यशले नकारात्मक भूमिका गर्न अस्वीकार गरेको खबर फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu