अभिनेत्री परिणीति र राजनीतिज्ञ राघवले गरे विवाह



काठमाडौँ।
केही समय पहिले इन्गेजमेन्ट गरेपछि चर्चामा आएका बलिउड अभिनेत्री परिणीति चोपडा र राजनीतिज्ञ राघव चड्ढाले विवाह गरेका छन् । आम आदमी पार्टीका नेता तथा सांसद समेत रहेका चड्ढासँग आइतबार भारतस्थित उदयपुरको लीला प्यालेसमा परिणीतिले विवाह गरेकी हुन् ।

सोसल मिडियामा खुसी साट्दै परिणीतिले सदाका लागि एक अर्काको भएको बताएकी छन् । उनले लेखेकी छन्, “ब्रेकफास्ट टेबलमा हामीबिचको त्यो पहिलो कुराकानीमा नै हामीले थाहा पाइसकेका थियौँ । यो दिनका लागि लामो समय कुर्‍यौँ । अन्ततः श्रीमान्-श्रीमती हुन पाउँदा अत्यन्त हर्षित छौँ । हामी एक अर्काबिना बाँच्नै सक्दैन थियौँ । हामी सदाका लागि एक अर्काको भएका छौँ र यो हाम्रो सुरुवात हो ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu