‘चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०८०’मा ४० विधामा अवार्ड प्रदान



काठमाडौँ।
‘चौथो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०८०’मा ४० विधामा अवार्ड प्रदान गरिएको छ । बुधवार सम्पन्न अवार्ड प्रदान समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको उपस्थिति थियो ।

सो समारोहमा मध्यान्न राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदन कुमार श्रेष्ठलाई विशेष पत्रकारिता योगदान सम्मान र अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीलाई राष्ट्रिय पत्रकारिता योगदान सम्मानबाट सम्मानित गरिएको थियो । यस्तै ११ हजार १११ रुपैयाँ सहित विष्णु प्रसाद सुवेदीलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरियो । आर्थिक पत्रकारिता सम्मानबाट मनोज थापा र श्रव्यदृष्य पत्रकारिता सम्मानबाट अनिषा कार्कीलाई सम्मानित गरियो ।

कार्यक्रममा गीतकार सम्मानबाट सविता पोखरेललाई, म्युजिक भिडियो निर्देशकबाट उमेश गुरुङ, ब्युटिसियनबाट लक्ष्मी महर्जनलाई, मेकअप आर्टिष्ट सम्मानबाट टेकराज पाण्डे सहित विभिन्न व्यक्तिलाई सम्मानित गरियो । यस्तै मोडल तथा गीतकार अभि सुनार, मोडल तथा सङ्गीतकार मनोज सिग्देल (युरेश), मोडल रमेश सेन्चुरी, ब्युटिसियन रिता दुलाल, इभेन्ट कोअर्डिनेटर सपना गैरे पोखरेल, फोटोग्राफर सुजन सापकोटा, ब्युटिसियन सुनिरा श्रेष्ठ र लाईटम्यान सुनिल कुमार राउत पनि कार्यक्रममा सम्मानित भए ।

सो अवार्ड समारोहमा आधुनिक विधा तर्फ उत्कृष्ट गायिकाको अवार्ड यो मनको आकाश गीतबाट अन्जु पन्तले, गायिकाको जुरी अवार्ड तेजवति जोशीले उत्कृष्ट गायकको अवार्ड नघोच यो छाती गीतबाट नारायण थापाले जिते । यस्तै आधुनिक गीतकारको अवार्ड छाती किन पोल्छ बाट वैकुण्ठ प्रसाद उपाध्यायले यही गीतबाट म्युजिक भिडियो निर्देशकको अवार्ड राजेश थापाले र आधुनिक गीत भिडियो महिला मोडलको अवार्ड केकी अधिकारीले हासिल गरे । आधुनिक गीत गीतकारको जुरी अवार्ड महसुस गर बाट डा. बिनु बाबा अर्यालले, आधुनिक गीत पुरुष मोडलको अवार्ड जाले रुमालबाट बुद्धि तामाङले हासिल गरे । समारोहमा उत्कृष्ट सङ्गीत संयोजकको अवार्ड हजार जुनीबाट साहस शाक्य पाउँदा, आधुनिक गीत म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड ए होर मायाबाट मौसम हिमालीले, म्युजिक भिडियो सिनेमाटोग्राफरको अवार्ड बाबा गीतबाट रन्धिर शाहले हासिल गरे ।

पूर्व प्रधानमन्त्री खनालसहित सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् गायक शम्भु राई, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलालगायतले विजेतालाई अवार्ड प्रदान गरे । समारोहमा लोक दोहोरी तर्फ काठे लोक दोहोरी गायकको अवार्ड एउटा चिनोबाट नमराज ढुङ्गानाले, लोक दोहोरी गायकको अवार्ड धोको थिएनबाट रोशन तिखत्रीले, दोहोरी गायिकाको अवार्ड आइपुग्यो बागलुङ बजारबाट जुना शिरीष मगरले, लोक दोहोरी म्युजिक भिडियो मोडल (पुरुष)को अवार्ड मुटु चस्केरबाट दीपेन्द्र सोनमले, मोडल (महिला)को अवार्ड पागल मान्छेबाट अन्जु निरौलाले, मोडल (महिला) जुरी अवार्ड एउटा चिनोबाट सिम्रन दुलालले, लोक दोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड हाईसन्चोबाट एकेन्द्र साराशंकरले हासिल गरे ।

सो कार्यक्रममा लोकगीत गायकको अवार्ड मेरी आमाबाट रमेश परियारले, लोक गायिकाको अवार्ड लाहुरे हुँ म गीतबाट मुना शाह, सर्वोत्कृष्ट देउडा गायिकाको अवार्ड बौजु गीतबाट झुमा लिम्बुले जिते । कार्यक्रममा चलचित्र तर्फ उत्कृष्ट चलचित्र गीत गायिकाको अवार्ड चलचित्र दिलमाया–२को छुट्छ कि साथ गीतबाट सरु गौतमले, चलचित्र गीत गायकको अवार्ड चलचित्र रोशनीको अधुरो छु म तिमी बिनाबाट ओम सुनारले पाए भने आदिवासी गीत तर्फ तामाङ भाषा गायिकाको अवार्ड म्हेन्दोरी लोई गीतबाट रमला पाख्रिन तामाङले र नेपाल भाषा गीत उत्कृष्ट गायिकाको अवार्ड हाकु दाईचा गीतबाट तेजवति जोशीले पाइन् ।

यस्तै पप विधातर्फ आधुनिक पप गायकको अवार्ड तिमीलाई हेरी हेरी रहनेबाट आर्जन पाण्डेले, वर्षकै सर्वोत्कृष्ट लोक पप गीतको अवार्ड गायकबाट दुई नजरमार्फत सुरेन्द्र गौतमले, लोक पप गायकको जुरी अवार्ड नवीन कुमार पौडेल १८ कट्यौ कि कटेनौ गीतबाट पाए भने उत्कृष्ट लोक पप गीत गायकको अवार्ड मेरी मायालुबाट आश्रय रञ्जितले हासिल गरे । यस्तै लोक पप गायक पब्लिक च्वाईस अवार्ड भागी भागी नजाउबाट गणेश थापाले, लोक पप गायिकाको अवार्ड पियारीबाट सहिमा श्रेष्ठले, लोक पप सङ्गीतकारको अवार्ड क्लियर कटबाट योगेन्द्र उपाध्यायले प्राप्त गरे । यस्तै उत्कृष्ट पप गीत गायकको अवार्ड राम थेँ म गीतबाट हेमन्त शिशिरले, लोक पप म्युजिक भिडियो मोडल (पुरुष)को अवार्ड पियारी गीतबाट रमेश चन्द सोडारीले, लोक पप म्युजिक भिडियो बाल मोडलको अवार्ड फस्दै गएछु गीतबाट दिप्सन चिलुवालले र लोक पप कोरियोग्राफरको अवार्ड ए केटा मादलु गीतबाट दिवस गिरीले हासिल गरे ।

यो अवार्डको निर्णायकहरूमा गायिका जुनु रिजाल, गायक तथा मोडल दुर्गेश थापा, गायक रोशन सिंह, म्युजिक भिडियो निर्देशक बविता श्रेष्ठ र दृश्य सम्पादक वीरेन्द्र भाट (विपिन) थिए । सो अवार्ड समारोहमा फेशन विधा तर्फ पनि विभिन्न अवार्ड प्रदान गरियो । जसमा उत्कृष्ट प्रोफेसनल नेल टेक्निसियन अवार्डको शशी देवी घिमिरेले, उत्कृष्ट ब्युटिसियनको अवार्ड कुस्मा ओलीले, उत्कृष्ट फेशन एन्ड म्युजिकल प्रोग्राम अर्गनाईजर अवार्ड जोहन श्रेष्ठले हासिल गरे । फेशन तर्फको जुरीमा कोरियोग्राफर अश्विनी कान्त झा थिए ।

सो कार्यक्रम विलक्षण क्रियसन प्रा.ली. र स्टार वान इन्टरटेनमेन्ट प्रा.ली.ले आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu