‘दिमाग खराब’द्वारा ‘डान्स स्टेप’ प्रतियोगिता आयोजना, उत्कृष्टलाई डेढ लाख पुरस्कार



काठमाडौँ।
कार्तिक २४ गते रिलिज हुने नेपाली चलचित्र ‘दिमाग खराब’ले टिकटक तथा युट्युब भिडियो च्यालेन्ज आयोजना गरेको छ । सो चलचित्रको पछिल्लो समय लोकप्रिय बनिरहेको गीत ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरिएको हो । यसको युट्युब विजेतालाई डेढ लाख र टिकटक विजेतालाई ५० हजार पुरस्कार प्रदान हुनेछ ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगीले टिकटक तथा युट्युबमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ । भिडियो पोस्ट गर्दा प्रतियोगीहरूले #JHAMKEJHAMAJHAM-TIKTOKID र #DIMAGGKHARAB ह्यासट्यागको प्रयोग गर्नुपर्ने बताइएको छ । यसै गरी प्रतियोगीले आफूले बनाएको युट्युब भिडियोलाई [email protected] मा आफ्नो गुगल ड्राइभ लिङ्क पठाउनुपर्नेछ भने टिकटक भिडियो भने दिइएको ह्यासट्याग प्रयोग गरेर प्रतियोगीले आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्न सक्नेछन् ।

उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै चलचित्र आर्ट्सको आगामी चलचित्रमा काम गर्ने अवसर प्रदान गरिने सिनेमा आर्टले बताएको छ ।

‘झम्के झमाझम’ गीत बाबुल गिरीको शब्द र सङ्गीतमा तयार भएको हो भने यसमा नम्रता काफ्ले तथा सुमित खड्काको युगल स्वर रहेको छ । यस्तै गीतको भिडियोलाई शेखर घर्ती मगरले कोरियोग्राफी गरेका हुन् ।

निश्चल बस्नेतको निर्देशन, सिनेमा आर्ट तथा ब्ल्याक हर्स चलचित्रको ब्यानरमा निर्माण भएको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।

सामाजिक-राजनीतिक कथा पेस गर्ने चलचित्रलाई आकाश बरालले लेखेका हुन् । निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा सुशन प्रजापतिको छायाङ्कन रहेको छ ।

भिडियो फर्म्याटः

यूट्यूब- https://drive.google.com/drive/folders/1y6hzquhcZAL50Zr7R_FLTKYEyfRl1dXl

टिकटक – https://drive.google.com/drive/folders/1wiapLBSTuFmbD0EnOHri2OBTwQrbTbNv

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu