
काठमाडौँ।
यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘कौसीद’मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक भएको छ । दुःखबाट बाहिर निस्केर सुखी जिन्दगीको सपना बुनेको एक परिवारको कथालाई गीतमा प्रस्तुत गरिएको छ ।
सार्वजनिक लिरिकल भिडियोसहितको गीतमा स्वर आशिष रोक्काको छ । शब्द तथा सङ्गीत पनि आशिषले नै तयार पारेका छन् । गीतको लिरिकल भिडियोमा प्रमुख कलाकार भोलाराज सापकोटा र ऋचा शर्मासँगै उनीहरूको फिल्मी परिवारलाई देखाइएको छ । कुमार भास्करको निर्देशनमा बनेको यो फिल्ममा रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन् ।
गीत:


