प्रियांका र अर्पण बन्दिपुरमा के गर्दैछन् ?



priyanka-karki-&-Arpan-thapश्यामसुन्दर गिरी, काठमाण्डौ। तनहुँको बन्दिपुर सुन्दर नगरी मात्र र पर्यटकिय नगरीको रुपमा चर्चित छ । बिशेष गरी आन्तरिक र बाह्य पर्यटक त्यस्मा पनि कपल्सको पहिलो रोजाइ बन्नपुगेको छ, बन्दिपुर । यहाँको सुन्दरताले पर्यटकको मन सहजै जित्न सक्छ । यही सुन्दर पर्यटकिय नगरि बन्दिपुर यस आसपासका गाउँले जनजीवन सँग साईनो जोडीएको छ नेपाली चलचित्रको ।

अहिले बन्ने गरेका अधिकांश चलचित्रको पर्दामा पनि यहाँको सुन्दरतालाई देख्न सकिन्छ । त्यसै कारण समय-समयमा बन्दिपुरमा सुटिङ चलिरहेकै हुन्छ । यसै क्रममा आइतबर देखी सुन्तलीको सुटिङ सुरु भएको छ । बन्दिपुरमा अभिनेता अर्पण थापाले नायिका प्रियंका कार्की सँग रोमान्स गरिरहेका छन् ।

चलचित्र ‘सुन्तली’को दोस्रो चरणको छायाँकनको क्रममा अर्पण र प्रियंकाले रोमान्स गर्दै छन् । पछिल्लो समय चर्चामा रहेका यी दुई नायक/नायिका एकसाथ पहिलो पटक स्क्रिनमा देखा पर्दैछन् । नव-निर्देशक भास्कर ढुंगानाले निर्देशन गरेको ‘सुन्तली’ ग्रामीण भेगकी युवतीले देख्ने सुन्दर सपनामा केन्द्रित रहेको बताईन्छ । ग्ल्यामरस् छवी बनाएकी प्रियंकालाई यो चलचित्रमा गाउँले युवतीको भूमिकामा देख्न सकिनेछ । चलचित्रको पहिलो चरणको सुटिङ गत असारमा बन्दीपुरमै गरिएको थियो ।

त्यतिबेला समर सिजनको दृश्य कैद गरिएको थियो। अब दशैं अगाडीको मनोरम र हरियाली वातावरणमा अर्पण र प्रियंकाको रोमान्सका दृश्य खिच्न चलचित्र युनिट बन्दिपुर पुगेको छ । पहिलो चरणको छायाँकन राम्रो भएकोले चलचित्र युनिट खुशी छन ।

निर्देशक ढुंगानाको कथा, प्रविण अधिकारीको पट्कथा र सम्बाद रहेको सो चलचित्र सुन्तलीमा प्रियका कार्की र अर्पण थापाको साथमा खगेन्द्र लामिछाने, कर्मा, प्रमोद अग्रहरी र सुर्यमाला खनाल लगायतको कलाकारको ‘सुन्तली’लाई अन्ड्रा वोलिकाले खिचिरहेका छन् । निर्देशक ढुंगानाकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद प्रविण अधिकारीले तयार पारेका हुन् ।

निर्देशक भाष्कर ढुंगाना यसअघि निर्माताको रुपमा चलचित्रनगरीमा चिनिएका थिए । उनले लगानी गरेको चलचित्र ‘कागवेनी’ र ‘सानो संसार’ हो । निर्माताबाट निर्देशक बन्नका लागि भाष्कर चलचित्र सम्बन्धि अध्ययन गर्न चेक रिपब्लिक पुगेका थिए । त्यताबाट फर्किएपछि उनले ‘सुन्तली’को काम थालनी गरेका हुन । यसरी निर्माता बाट निर्देशक बनेका भास्कर ढुंगानाको प्रस्तुतीलाई दर्शकले मन पराउनु हुन्छ या हुदैन आगामी समयको नतिजाले बताउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu