डिआईजीले लेखेको लाहुरेको व्यथा अब भिडियोमा



lahure-1

[dropcap]वि[/dropcap]देशी सेनामा जागिर खाने नेपाली लाहुरेले परिवारलाइ समय दिन नसक्दाको पीडा छुट्टै हुन्छ । यस्तो पीडा अब म्युजिक भिडियोमा देख्न पाईने भएको छ । डिजाईजी नवराज सिलवालले यस्तै पीडा समेटेर लेखेको गीत ‘अरुले लाहुरे भने पनि तिमीले पराई नठानी दिनु…’को म्युजिक भिडियोमा अब लाहुरेको पीडा देख्न पाईने भएको छ ।

यो पीडालाई चलचित्र निर्देशक एवं सञ्चारकर्मी डब्बु क्षत्रीले म्युजिक भिडियोमा उतारेका हुन् । जसलाई शनिबार छायााकन गरियोको छ । शुरेश अधिकारीको संगीत रहेको यो कर्णप्रिय गीतमा मोहन राईको स्वर रहेको छ ।

lahure-2
म्युजिक भिडियोमा विमलेश अधिकारी, सारिका घिमिरे र कुमार सिंह महर्जनले मोडलिङ गरेका छन् । जसलाई विदूर पाण्डेले छायांकन गरेका हुन् । प्रकाश तुलाधरले सम्पादन गरिरहेको यो भिडियो बैशाखको दोस्रो साताबाटै नेपाली टेलिभिजन च्यानलबाट रिलिज गर्ने निर्देशक क्षत्रीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu