आफैले दुई पटक नपत्याएका निर्देशकसँग काम माग्न पुगे शाहरुख



बलिउड सुपरस्टार शाहरुख खान निर्देशक राजकुमार हिरानीको आगामी चलचित्र ‘डंकी’मा प्रमुख भूमिकामा देखिँदै छन् । भारतीय मिडिया रिपोर्टले खानको चलचित्र ‘जिरो’ पछि करियर ओरालो लागिरहेको बेला यस चलचित्रको लागि काम माग्न आफै हिरानीकोमा गएको बताएका छन् ।

जब हिरानीले ‘मुन्नाभाई एमबीबीएस’ बनाइरहेका थिए, उनले सबैभन्दा पहिले शाहरुखलाई मुख्य भूमिकाको अफर गरेका थिए । तर, शाहरुखले त्यसलाई अस्वीकार गरे । त्यसपछि हिरानीले एक वर्षसम्म उनको प्रतीक्षा गरे । शाहरुख राजी भएनन् । उनले सञ्जय दत्तलाई यो भूमिका दिए र चलचित्र निकै हिट साबित भयो ।

यसपछि पुनः हिरानीले फेरि एक पटक शाहरुखलाई चलचित्र ‘थ्री इडियट्स’मा मुख्य भूमिकाका लागि प्रस्ताव गरे । तर त्यसमा पनि कुरा मिलेन । शाहरुखले फेरि अस्वीकार गरेपछि यो भूमिका आमिर खानको हातमा गयो र चलचित्र ब्लकबस्टर भयो ।

जब करियर ओरालो लाग्यो, शाहरुखले हिरानीको ढोका ढकढकाउने निर्णय गरे । हिरानीले शाहरुखको प्रस्ताव स्वीकार गरी ‘डंकी’ बनाए । यो चलचित्र रिलिज अगावै शाहरुखका ‘पठान’ र ‘जवान’ ब्लकबस्टर बनेका छन् ।

राजकुमार हिरानी हिन्दी चलचित्र उद्योगका धनी निर्देशकमध्ये दोस्रो नम्बरमा छन् । करण जोहर १,५०० करोडको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन्, जबकि हिरानीको कुल सम्पत्ति करिब १४१६ करोड रुपैयाँ छ । उनले एउटा चलचित्र निर्देशनका लागि करिब १५ करोड भारु लिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu