खतरनाक एक्सन सहित ‘एनिमल’को ट्रेलर सार्वजनिक



खतरनाक एक्सन सहित ‘एनिमल’को ट्रेलर सार्वजनिक
रणवीर कपुर स्टारर भारतीय चलचित्र ‘एनिमल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिपूर्ण छ र ब्याकग्राउन्ड स्कोर पनि दमदार छ । साढे ३ मिनेटको यो ट्रेलरमा रणवीर र अनिल कपुरबिचको गहिरो वार्तालाप, विस्फोटक एक्सन दृश्य, इमोशनल दृश्य तथा रणवीर र बबी देवलको डरलाग्दो रूप देख्न सकिन्छ ।

यस चलचित्रमा रणवीर युवादेखि ५० वर्षसम्मको भूमिकामा देखिनेछन् । निर्देशक सन्दीप रेड्डी वांगाले यस फिल्ममा रणवीरको प्रतिभालाई निकै सुन्दर ढङ्गले प्रयोग गरेका छन् । यसमा रश्मिका मन्दन्नाले रणवीरको प्रेमिकाको भूमिका निभाएकी छिन् ।

ट्रेलरमा थप जबरजस्त एक्सन दृश्यहरू देख्न सकिन्छ । ट्रेलरमा आफ्ना पितालाई कसैले गोली हानेपछि त्यसको बदलाको कथा देखाइएको छ । ट्रेलरमा डरलाग्दो खलनायकको भूमिकामा बबी देवलको प्रवेश पनि निकै शानदार छ । विवाह समारोहमा रगतले भिजेको अवस्थामा उनी रोइरहेको देखिन्छ । अन्तमा, उनको र रणवीर बिचको झगडाको दृश्य पनि छ जसमा बबी रणवीरको हत्या गरेपछि उनको अचेत शरीरमा लडिरहेका देखिन्छन् ।

यो चलचित्रलाई भारतीय चलचित्र सेन्सर बोर्डले एडल्ट प्रमाणपत्र दिएको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu