‘प्राण भन्दा प्यारो’को युनिटद्वारा पत्रकार भेटघाट



Pran-Bhanda-Pyaro_1
ठुलोपर्दा डटकम, काठमाडौ ।
यहि असोज ४ गतेबाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्राण भन्दा प्यारो’को निर्माण युनिटले सोमवार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । चलचित्रको बारेमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।
Pran-Bhanda-Pyaro_3
पञ्च परमेश्वर फिल्म प्रा.लि.प्रस्तुतीमा नारी माथी भइरहेको अपराधको कथावस्तुमा आधारित यो चलचित्रलाई कमलकृष्णले निर्देशन गरेका छन् ।चलचित्र ‘प्राण भन्दा प्यारो’मा बाशु पुडासैनी, अनामिका चौलागाईँ, कमल कृष्ण, बिष्णु सापकोटा, सन्दिप बगाले, गणेश बगाले, दिपेन्द्र कुमार श्रेष्ठ, आशा खड्का लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रबाट नै नायक बाशु पुडासैनी र नायिका अनामिका चौलागाईँले नेपाली रजतपटमा डेब्यू गरेका हुन् ।
Pran-Bhanda-Pyaro_4
आफुले सबैभन्दा बढि माया गरेको मानिस श्रीमान बाट नै श्रीमतीले कसरी लुटिनु र शोषित हुनुपर्छ र त्यस्को जटिल घडीमा एउटी भर्खर किशोरावस्था पार गरेर बिवाह गरेकी नारीले कसरी प्रतिशोध लिन सक्छिन् भन्ने बिषय नै ‘प्राण भन्दा प्यारो’को कथा बनाईएको निर्देशक कमलकृष्णले सो कार्यक्रममा जानकारी दिए।
Pran-Bhanda-Pyaro_2
निर्देशक कमलकृष्णको परिकल्पना तथा गणेश बगालेको कथामा तयार भएको यो चलचित्रलाई मुकेश हुमागाईँले खिचेका छन् ।गीतकार गणेश बगाले, धर्मेन्द्र मौरवैता सँगै अमितेश पौड्यालले लेखेको तथा कमलकृष्ण स्वयंमको संगीत रहेका चलचित्रमा समाबेश गीतहरुमा स्वर मनिषा पोखरेल र राकेश खालिङको रहेको छ ।राजेश शाहले सम्पादन गरेको ‘प्राण भन्दा प्यारो’मा द्वन्द्व भने चन्द्र पन्तको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu