कलाकारको नाममा सडक बनाइँदै



भारतका सुपर हिट चलचित्रहरू ‘हम दिल दे चकवे सनम’, ‘भुलभुलैया’, ‘दिल से’, ‘दे दना दन’ लगायतका चलचित्रमा अभिनय गरेका दिवङ्गत भारतीय अभिनेता विक्रम गोखलेको नाममा मुम्बईको एक सडकको नाम राखिएको छ । उनको पहिलो पुण्य तिथिमा महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले सो सडकको उद्घाटन गर्नेछन् ।

यो सडक अँधेरी पश्चिमको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालको गेट नम्बर चारबाट सिन्टा टावर तर्फ जान्छ ।

विक्रमको गत वर्षको नोभेम्बर २६ मा ७७ वर्षको उमेरमा निधन भएको थियो ।

सञ्जय लीला भन्सालीको चलचित्र ‘हम दिल दे चुके सनम’मा विक्रम गोखलेले महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसमा उनी ऐश्वर्या रायका पिताको भूमिकामा देखिएका थिए । यसका अलावा उनले दिल से, अग्निपथ, दे दना दान, हिचकी, निकम, मिसन मङ्गल जस्ता चलचित्रमा पनि काम गरेका छन् । चलचित्र ‘भूल भुलैया’ मा अक्षय कुमारको गुरुको भूमिकामा विक्रम गोखले पनि देखिएका थिए ।

उनी बलिउड बाहेक, विक्रम मराठी थिएटर र टेलिभिजनमा पनि धेरै सक्रिय थिए । उनी चलचित्र अभिनेता चन्द्रकान्त गोखलेका छोरा हुन् । विक्रम गोखलेकी हजुरआमा कमलाबाई गोखले भारतीय सिनेमाको पहिलो महिला बाल कलाकार थिइन् ।

गोखलेले टेलिभिजनमा पनि छुट्टै पहिचान बनाएका थिए । उनी सन् १९८९ देखि १९९१ को बिचमा दूरदर्शनमा प्रसारण भएको प्रसिद्ध शो ‘उडान’ को एक हिस्सा थिए ।

उनले ९७ चलचित्र र थिएटर नाटकमा काम गरेका छन् । उनले ७० मराठी फिल्ममा पनि काम गरेका छन् ।

  • दैनिक भास्करबाट
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu