तीन दिनमा भारतमा मात्र ‘एनिमल’को कमाई ३२३.३५ करोड, रोए बबी देओल



काठमाडौँ।
भारतीय चलचित्र ‘एनिमल’ले भारतमा मात्र विकेन्डमा २०१.७६ करोड भारु (नेपाली रुपैयाँ ३२३.३५ करोड)को व्यापार गरेको छ । भारतीय चलचित्रका ट्रेड एनालिस्ट तरण आदर्शले साझा गरेको जानकारी अनुसार यो चलचित्र विकेन्डमा अधिक कमाई गर्ने सुपरस्टार रणवीर कपुरको पहिलो चलचित्र मात्र बनेको छैन, भारतकै तेस्रो चलचित्र बनेको छ ।

भारतमा हालसम्म शाहरूख खानका दुई चलचित्र ‘जवान’ र ‘पठान’ क्रमशः २८६.१६ करोड भारु र २८०.७५ भारु सहित पहिलो र दोस्रो स्थानमा छन् । यी दुवै चलचित्रहरू सन् २०२३ मा नै रिलिज भएका हुन् । बताइए अनुसार विश्वभरको कमाइमा भने शाहरूखको ‘जवान’लाई यो चलचित्रले पछि छोडेको छ । ‘एनिमल’ले नेपालमा पनि ठुलो ओपनिङ गरेको छ ।

एनिमलले ठुलो कमाई गरेपछि खुसी भएका चलचित्रकर्मीहरूले भारतमा उत्सव मनाएका छन् । फिल्मका निर्माता रणवीर र बबी देओलसँगै एनिमलको सम्पूर्ण टिम पनि देखिएका थिए । अनिल कपुर र भूषण कुमार पनि देखिएका थिए ।

यस क्रममा फिल्मकी अभिनेत्री रश्मिका मन्दन्ना भने पार्टीमा देखिइनन् । पार्टीबाट बाहिरिएपछि बबी देओल निकै भावुक भए । किनभने यो फिल्म रणवीर र बबी दुवैको करियरको सबैभन्दा ठुलो फिल्म साबित भएको छ । यसले ६३.८ करोड भारु ओपनिङ गरेको थियो ।

यस क्रममा जब बबी टी-सिरिजको अफिसमा आए, उनलाई हेर्नको लागि भीड जम्मा भएको थियो । पापाराजीले बबीको प्रशंसा गरे । बबीले पनि भने, “भगवान् धेरै दयालु हुनुहुन्छ। यो चलचित्रलाई धेरै माया गरिएको छ । मलाई सपना देखे जस्तो लाग्छ। फ्यानले बबीसँग फोटो पनि खिचेका छन् ।” बबी देओल कारबाट निस्कने क्रममा आँसु पुछ्दै देखिएका थिए ।

रणवीरको सबैभन्दा ठुलो हिट:
रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन् जसमध्ये ११ फिल्म फ्लप र ९ हिट भएका छन् । करियरको दृष्टिकोणले रणवीरका लागि यो चलचित्र धेरै महत्त्वपूर्ण छ । यस चलचित्रमा रणवीर एक ‘एङ्ग्री योङ्ग म्यान;को भूमिकामा छन्, जुन उनको लभर केटाको छविभन्दा फरक छ । यो चलचित्रको कलेक्सनसँगै रणवीरले आफ्ना अघिल्ला सबै फिल्मको कीर्तिमान तोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu