रिलिज भयो शाहरुखको ‘डङ्की’, नेपालमा निराश देखिए दर्शक



काठमाडौँ।
शाहरुख खानको बलिउड चलचित्र ‘डङ्की’ रिलिज भएको छ । भारतमा उल्लेख्य टिकट बुकिङ भएको यो चलचित्र नेपालमा पनि चर्चामा छन् ।

रिलिजको पहिलो दिन बिहीबार बिहानै देखि दर्शक हलमा देखिएका छन् । चलचित्र हेरिसकेका दर्शकबाट मिश्रित प्रतिक्रिया आएका छन् । नेपालमा चलचित्र हेरेका दर्शक निराश भएका छन् । चलचित्र अपेक्षित नरहेको तथा चलचित्रमा निर्देशक राजकुमार हिरानीको सट्टा अभिनेता खान हाबी भएको महसुस भएको प्रतिक्रिया आइरहेका छन् ।

‘डङ्की’ भारतमा करिब ४ हजार स्क्रिनमा रिलिज भएको छ । शाहरुख र राजकुमार इरानीले हात मिलाएको यो पहिलो पटक हो । शाहरुख खानसँगै तापसी पन्नु, विक्की कौशल र बोमन इरानी पनि देखिएका छन् । हिरानी बलिउड चलचित्र उद्योगका चर्चित निर्देशक मध्येका एक हुन् । उनले ‘मुन्ना भाइ एमबिबिएस’, ‘पीके’, ‘सञ्जु’, ‘थ्री इडियट्स’ जस्ता चलचित्र निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu