प्रभास स्टारर ‘सलार’को पहिलो दिनको कमाई १७८.७ करोड भारु



शुक्रवार रिलिज भएको दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर चलचित्र ‘सलार’ले पहिलो दिन विश्वभर १७८.७ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यसले भारतमा मात्र ९० करोड माथिको ओपनिङ गरेको छ ।

शाहरुख खानका चलचित्रहरू ‘पठान’ र ‘जवान’को रेकर्ड तोड्दै ‘सलार’ सन् २०२३ को सबैभन्दा ठुलो ओपनिङ गर्ने चलचित्र बनेको छ । सलार भन्दा एक दिन अगाडी रिलिज भएको शाहरुख खान स्टारर चलचित्र ‘डंकी’ले मात्र २९.२० करोडको ओपनिङ गरेको छ भने दोस्रो दिन २०.५० करोड कमाएको छ ।

कलेक्सनको हिसाबले मात्रै होइन, अग्रिम बुकिङको हिसाबले पनि प्रभासको सलारले शाहरुखको ‘डङ्की’लाई पछाडि छोडेको थियो । सलार यो वर्ष अमेरिकामा सबैभन्दा धेरै अग्रिम बुकिङ भएको भारतीय चलचित्र बनेको छ । यसले भारतमा एडभान्स बुकिङमार्फत करिब ४९ करोड भारुको विशाल कलेक्सन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu