अभिनेत्री रकुल प्रीत सिंहले निर्माता ज्याकीसँग विवाह गर्दै



बलिउड अभिनेत्री रकुल प्रीत सिंह र चलचित्र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिने भएका छन् । भारतीय मिडियाका अनुसार उनीहरूले आगामी फेब्रुअरी २२ मा गोवामा विवाह गर्दैछन् । यो विवाहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।

रकुल र ज्याकी करिब २ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । दुवै जना प्रायः एक अर्कासँग छुट्टी मनाउन जान्छन् । रकुलले २०२२ मा आफ्नो जन्मदिनमा रोमान्टिक फोटो पोस्ट गरेर ज्याकीसँगको आफ्नो सम्बन्ध पुष्टि गरेकी थिइन् । उनले ज्याकीलाई त्यो वर्षको ‘सबैभन्दा ठुलो उपहार’ भनेकी थिइन् ।

रकुलको नयाँ दिल्लीमा बस्ने पन्जाबी सिख परिवारमा भएको थियो । रकुललाई बाल्यकालदेखि नै अभिनेत्री बन्ने रहर थियो । यही कारणले उनले १८ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी थिइन्। त्यसपछि उनले सन् २००९ मा कन्नड फिल्म गिलीबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् ।

उनले २०१४ मा आएको फिल्म यारियाबाट बलिउडमा डेब्यु गरेकी थिइन् । कन्नड र हिन्दी फिल्मका अलावा उनले तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छन् । उनले हालसम्म ४१ चलचित्रमा काम गरिसकेकी छिन् ।

साथै, उनी आगामी दिनमा कमल हासनसँग इन्डियन २ मा देखिनेछिन् । यो १९९६ को फिल्म इन्डियनको सिक्वेल हो।

ज्याकी आगामी फिल्म ‘बडे मियाँ छोटे मियाँ’का निर्माता हुन् । उनले कठपुतली, गणपत, मिसन रानीगञ्ज जस्ता फिल्ममा निर्माताको रूपमा काम गरिसकेका छन् । उनले रहना हे तेरे दिल मे, कल किसने देखा जस्ता चलचित्रमा पनि अभिनेताको रूपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu