निर्देशक मनोज पण्डित अब पेस्तोल लिएर आउँदै !



manoj-panditठुलोपर्दा डटकम, काठमाण्डौ। यसअघी सशस्त्र द्वन्द्वकालको घटनालाई चलचित्र ‘बधशाला’ मार्फत पर्दामा उतारेका निर्देशक मनोज पण्डित अब अर्को चलचित्र ‘तमन्चा’ (पेस्तोल) लिएर आउने भएका छन् । सोमवार उनले एक विज्ञप्ती जारी गरी तराई क्षेत्रमा रहेको हतियार व्यक्तिको मनोविज्ञान लाई प्रतिनिधित्व गर्ने यो चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

‘स्क्रिप्ट फ्याक्टर नेपाल प्रा.लि.’ को तर्फबाट पण्डितकै लेखन तथा निर्देशनमा निर्माण हुन लागेको ‘तमन्चा’को मुख्य कडी सुरक्षा र हतियार बीचको द्वन्दात्मक सम्बन्ध र त्यो सम्बन्ध भित्रको विभिन्न घटनाक्रम चलचित्र रहने पण्डितद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘नारी प्रोटोगोनिस्टको संघर्ष, उनमा रहेको शक्तिका साथै उत्पन्न मनोविज्ञान तथा आइपर्ने विभिन्न चुनौती बीच का यावत पाटोहरु लाई पहिल्याई यस चलचित्र ले एउटा रोमाञ्चक कथा भन्ने प्रयत्न गरिनेछ।’ विज्ञप्तीमा भनिएको छ ।

शोभिता सिंखडा, राजन खतिवड़ा, टिका पहाडी र प्रमोद अग्रहरीको अभिनय रहने यो चलचित्र आगामी मङ्सिरमा नवलपरासी जिल्लामा छायाँकन शुरु गरिने छ । साथै चलचित्रलाई यही वर्षको फाल्गुन महिनाको दोश्रो साता दर्शकमाझ ल्याउने पनि बताईएको छ ।

सो चलचित्रमा समाबेश हुने तीनवटा गीत मध्ये एउटा गीत को रेकर्डडींग अन्तिम चरणमा पुगेको पनि बताईएको छ । चलचित्र ‘तमन्चा’मा बिशेषत: कथालाई सशक्त ढंगले प्रस्तुत गर्नु नै आफ्नो प्रमुख र एक मात्र उदेश्य रहने निर्देशक पण्डितले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu