अञ्जलीको प्रेम चर्चा, युवकहरूलाई च्वास्स !



काठमाडौँ।
चर्चित मोडल अञ्जली अधिकारी धेरै युवकहरूको सपनाकी सुन्दरी हुन् । उनको सुन्दरता र नृत्यको शैलीका कारण उनले अभिनय गरेका थुप्रै गीतका भिडियो बहुचर्चित बनेका छन् ।

पछिल्लो बहुचर्चित गीत ‘अरेली काँडै’की मोडल अधिकारीको प्रेम चर्चा गर्माएको छ । नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो समयकी सर्वाधिक चर्चित र व्यस्त मोडल अधिकारीले समय समयमा एक युवकसँगको प्रेमील तस्बिर सार्वजनिक गर्छिन् ।

हालै मात्र उनले पुनः फेसबुकमा तस्बिर शेयर गरिन् । यससँगै उनको प्रेम चर्चा फेरी चलेको छ । शनिवार साँझ उनले एक युवकसँग फेसबुक स्टोरीमा दुई तस्बिर राखेकी थिइन् । तस्बिरमा दुवै जना रोमान्टिक छन् । अञ्जलीले सार्वजनिक गरेका युवक उनको प्रेमी रहेको आकलन भइरहेको छ । उनलाई मन पराउनेहरूले उनले सार्वजनिक गरेका तस्बिरलाई लिएर विभिन्न लख काट्छन् । उनको पछिल्लो गीतको शब्द जस्तै युवकहरूलाई यो तस्बिरले ‘च्वास्स च्वास्स’ घोचिरहन्छ ।

तर, यस विषयमा भने अञ्जलीले खुलस्त पारेकी छैनन् । उनले यसबारेमा समय आएपछि थाहा हुने बताउने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu