भुईँकटहरको ऐश्वर्या बनिन् महिमा सिलवाल



bhuikatahar-shekharश्यामसुन्दर गिरी, काठमाण्डौ। करिब आधादर्जन जती साना र ठुला चलचित्रमा अभिनय गरेका शेखर खनाल पछिल्लो समयमा नेपाल टेलिभिजनको ‘झ्याईंकुटी झ्याईं’को भुईंकटहर नामक पात्रबाट चिनिन्छन् । सो हाँस्य टेलिचलचित्रलाई निर्देशन समेत गरिरहेका खनालले अब भने ठुलोपर्दाको चलचित्र निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्ने चलचित्र हो, ‘ऐश्वर्या’।

उनले सो चलचित्रमा नायिका महिमा सिलवाल र पुष्पराज पुरुष लाई पर्दामा उतार्दै छन् । सरोज विष्टको लगानीमा बन्न लागेको ‘ऐश्वर्या’ कामद फिल्म्सको ब्यानरमा निर्माण हुँदैछ । प्रेमकथामा आधारित सो चलचित्रको कथा पुष्पराज पुरुषले हुन् भने पटकथा र संवाद निर्देशक खनाल, पुष्पराज पुरुष र नवल नेपालले तयार पारेका छन्। साथै गीत पुष्पराज पुरुष, निर्देशक खनाल र मदन सिटौलाको रहनेछ । चलचित्रमा नृत्य शंकर विसीको रहने छ ।

असोजको अन्तिम सातादेखी छायांकन सुरु गर्ने तयारीमा रहेका निर्देशक शेखर खनालले महिमा र पुष्पराज बाहेक अन्य कलाकारको भने टुंगो लगाईसकेका छैनन् । निकै सेक्सी लुक्समा प्रस्तुत हुने गरेकी नायिका महिमाले करिव दर्जनको हाराहारीमा चलचित्रमा अभिनय गरेको भए पनि प्रदशनको हिसाबले दुई वटा चलचित्रमा मात्र रिलिज भएका छन् । रिलिज भएका ति चलचित्रले व्यापार भने गर्न सकेनन् । जे भएपनि उनले खाली हात भने बस्नु परेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu