आफैले मृत्युको खबर फैलाएकी मोडल पुनमलाई कारबाही गर्न माग



भारतीय नायिका–मोडल पुनम पाण्डेले आफ्नो मृत्युको झुटो समाचार आफैले फैलाएर सबैलाई चकित बनाइन् । शुक्रवार उनी आफैले सोसल मिडियामा पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको खबर फैलाएकी थिइन् । शनिवार एक भिडियो शेयर गर्दै उनले आफू जीवितै रहेको बताइन् । शनिवार उनले जनतालाई सचेत गराउनको लागि उनले आफ्नो मृत्युको खबर फैलाएको बताएपछि भारतमा उनको व्यापक विरोध भइरहेको छ ।

पुनमको यो पूरै ड्रामामा धेरै सेलेब्सको प्रतिक्रिया आएको छ । फिल्म निर्देशक विवेक अग्निहोत्रीदेखि अभिनेत्री कुशा कपिलाले यसको निन्दा गरेका छन् । ‘द कश्मीर फाइल्स’ फेम निर्देशक विवेक अग्निहोत्रीले ट्विट सेयर गर्दै लेखेका छन्, ‘सोसल मिडियाको बढ्दो चुनौतीलाई हेरेर यहाँ पनि केही नियमहरू हुनुपर्छ भन्ने मलाई लाग्छ । विशेष गरी समाचार निर्माताहरू र आफूलाई प्रभावकारी भनाउनेहरूका लागि । यो सनसनी र नौटङ्की सामान्य बनाउन खतरनाक छ। मृत्युको झुटो समाचार त सुरुवात मात्र हो । अब के हुन्छ हेरौँ (केवल पर्खनुहोस् र हेर्नुहोस्)।’

चलचित्र निर्माता अशोक पण्डितले एक भिडियो शेयर गर्दै अभिनेत्रीले धेरैको भावनामा खेलबाड गरेको बताएका छन् । उनले पुनमको कर्तुतले पाठेघरको मुखको क्यान्सरसँग लडिरहेका सबैको खिल्ली उडाएको बताएका छन् । ‘सिङ्गो देशलाई झुटो बोलेर यो नाटक रचेको अभियन्ता विरुद्ध मुद्दा दर्ता गर्न सरकारका सबै कानुनी निकायलाई आग्रह गर्दछु । यस घटनामा संलग्न पिआर एजेन्सीलाई पनि कारबाही हुनुपर्छ’, उनले भनेका छन् ।

पुनमको पोस्टमा कमेन्ट गर्दै एकता कपूरले पनि लेखेकी छिन्, ‘यो सचेतना भनेको कुन खोप लिनु हुँदैन भन्ने हो । यस्तो असंवेदनशील अभियानलाई प्रोत्साहन गर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ ।’

उता पुनमको यो भद्दा मजाकलाई लिएर भारतका जनताले पनि व्यापक विरोध गरेका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट गर्दै लेखे, ‘सचेत बनाउने तरिका अलि अनौपचारिक छ।’ अर्को प्रयोगकर्ताले टिप्पणी गरे, ‘तपाईँले आफ्नो दिमागको लागि पनि प्लास्टिक सर्जरी गराउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu