भारतीय अभिनेता ऋतुराज सिंहको निधन: ५९ वर्षको उमेरमा हृदय घात



चर्चित टिभी अभिनेता ऋतुराज सिंहको निधन भएको छ । ५९ वर्षीय ऋतुराजलाई गए राति हृदय घात भएको थियो । उनी प्यान्क्रियाज सम्बन्धी रोगबाट पीडित थिए र अस्पतालमा भर्ना भएका थिए ।

ऋतुराजको निधनको खबर उनका नजिकका साथी अभिनेता अमित बहलले पुष्टि गरेका छन् । अमितले भनेका छन्, ‘हो, उनको हृदय घातका कारण मृत्यु भयो । उनी केही दिनअघि प्यान्क्रियाजको उपचारका लागि अस्पताल भर्ना भएका थिए । यसपछि घर फर्किएपछि उनको मुटुमा केही समस्या देखिएपछि उनको मृत्यु भयो ।

ऋतुराजले सन् १९८९ मा रिलिज भएको टेलिफिल्मबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । यसपछि उनले चर्चित टिभी शो ‘तोल मोल के बोल’ होस्ट गरे। यस बाहेक उनी ‘ज्योति’, ‘सीआईडी’, ‘अदालत’, ‘दिया और बाती हम’ लगायत धेरै टिभी शोहरूमा देखिएका थिए । उनको अन्तिम टिभी शो रुपाली गांगुली स्टारर ‘अनुपमा’ थियो । जसमा उनी यशपालको भूमिकामा देखिएका थिए ।

टिभी बाहेक, ऋतुराजले ‘बद्रीनाथ की दुल्हनिया’, ‘सत्यमेव जयते २’ र ‘यारियाँ’ जस्ता चलचित्रहरू र ‘क्रिमिनल जस्टिस’, ‘बन्दिश ब्यान्डिट्स’ र ‘मेड इन हेभेन’ जस्ता वेब शोहरूमा पनि काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu