शाहिदले अस्वीकार गरेका थिए ‘रङ्ग दे बसन्ती’को अफर



आज शाहिद कपूर आफ्नो ४३ औँ जन्मदिन मनाइरहेका छन् । जन्मदिनको अवसरमा शाहिदले आफूलाई राकेश ओमप्रकाश मेहराको चलचित्र ‘रङ्ग दे बसन्ती’ अफर भएको खुलासा गरेका छन् । तर शाहिदले त्यो चलचित्र गर्न सकेनन् । आफैले प्रस्ताव अस्वीकार गरेकोमा उनी धेरै पछुताएका छन् ।

शाहिद बलिउडका सफल अभिनेता मध्येका एक हुन्। शाहिदले आफ्नो करियर ब्याकग्राउन्ड डान्सरबाट सुरु गरेपनि आज उनी ठुलो स्थानमा पुगेका छन्। एक अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, “मलाई चलचित्र ‘रङ्ग दे बसन्ती’ गर्न नपाएकोमा अफसोस छ । निर्देशकले फिल्ममा सिद्धार्थको भूमिका निभाउन चाहेका थिए । स्क्रिप्ट पढ्दा म रोएँ र मलाई पनि स्क्रिप्ट धेरै मन पर्‍यो । तर दुर्भाग्यवश मैले यसको लागि समय पाउन सकिन। किनभने म त्यति बेला २–३ अन्य प्रोजेक्टमा व्यस्त थिएँ । तर, पछि ‘रङ्ग दे बसन्ती’ हेरेपछि मलाई यो चलचित्र निकै मन पर्‍यो।”

शाहिद हालै चलचित्र ‘तेरी बातों मे ऐसा उल्झा जिया’ मा देखिएका थिए । यो फिल्ममा उनीसँगै कृति सेनन थिइन् । गत वर्ष, शाहिदले राज र डीकेको क्राइम थ्रिलर शृङ्खला ‘फर्जी’ मार्फत डिजिटल स्पेसमा प्रवेश गरेका थिए, जुन सबैभन्दा सफल वेब सिरिज मध्ये एक बन्यो। उनी चाँडै नै पूजा हेगडेसँग चलचित्र ‘देवा’ मा देखिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu